विवाहको १० वर्षपछि आमा–बुवा बन्दै आरआरआर स्टार राम चरण–उपासना
मगधिरा र आरआरआरजस्ता ब्लकबस्टर फिल्मका अभिनेता राम चरणकी श्रीमती उपासना गर्भवती छिन् र यो जोडीले आफ्नो पहिलो सन्तानलाई छिट्टै नै स्वागत गर्दैछ ।
राम चरणका पिता र तेलुगु फिल्मका मेगास्टार चिरञ्जिवीले सोसल मिडियामा यो खुसीको खबर सेयर गरेका हुन् । चिरञ्जिवीले सोसल मिडियामा हनुमानको एक तस्बिर सेयर गर्दै यसबारे जानकारी दिएका हुन् । यो तस्बिरमा उनले लेखेका छन्, ‘श्री हनुमानजीको कृपाले, हामीलाई यो घोषणा गर्दा निकै खुसी लागेको छ कि उपासना र राम चरण आफ्नो पहिलो सन्तानलाई जन्म दिन लागेका छन् । ’
१० वर्ष अघि भएको थियो विवाह
साउथका चर्चित स्टारमध्ये एक राम चरण र उपासना कामिनेनीले सन् २०१२ मा विवाह गरेका थिए । गर्भावस्थाबारे यसै वर्षको जुलाईमा उपासना निकै चर्चामा थिइन् । उनले आफू बच्चा जन्माउन नचाहेको बताएकी थिइन् । उपासनाले भनेकी थिइन्, ‘मैले रिप्रोड्युस नगर्ने निर्णय लिएकी छु र मानिसहरुले यसको सम्मान गर्नुपर्छ ।’
आफ्नो निर्णयबारे कुरा गर्दै उनले भनेकी थिइन्, ‘मानिसहरु कार्बन फुटप्रिन्टबारे सोचेर चिन्तित हुन्छन् तर यदि यही फ्रुटपिन्ट कम भयो भने तपाईंले ग्लोबल वार्मिङबारे चिन्ता गर्न नै पर्दैन ।’ १७ औँ एटीए सम्मेलनमा सद्गुरुको अगाडि यसबारे बयान गर्दै उपासनाले उनलाई यो कुरा उनको सासुलाई पनि आफ्नो निर्णयबारे बुझाइदिन आग्रह गरेकी थिइन् ।
राम चरणले पनि परिवार बढाउनेबारे दिएका थिए यस्तो बयान
राम चरणले पनि आफ्नो एक अन्तरवार्तामा उनको हालसालै परिवार बढाउने कुनै योजना नभएको बताएका थिए । उनले भनेका थिए, ‘सिनेमा नै मेरो पहिलो प्रेम हो र मेगास्टार चिरञ्जिवीको छोरा भएको नाताले फ्यानलाई खुसी राख्ने मेरो ठूलो जिम्मेवारी छ ।’
उनले थपेका थिए, ‘परिवार सुरु गरेपछि म आफ्नो यो मिशनबाट भट्किन सक्छु । उपासनाको पनि उनको जीवनका केही उद्देश्य छन् जसलाई उनी पूरा गर्न चाहन्छिन् । यस्तोमा हामी दुबै केही वर्षसम्म बच्चाको योजना बनाउने छैनौँ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भीरबाट खसेको ढुङ्गा लागेर डाेजर चालकको मृत्यु
-
सरकारको आश्वासनपछि चिया उद्योगको आन्दोलन स्थगित, आजैदेखि सबै उद्योगहरू खुल्ने
-
नेपाल चेम्बर अफ कमर्स र नेपाल मेडिसिटी अस्पतालबिच सम्झौता
-
रास्वपामा १९ पदाधिकारीमध्ये ६ पदमा हुनेछ प्रतिस्पर्धा
-
नागरिक लगानी कोष र तामाकोशी गाउँपालिकाबिच नागरिक पेन्सन योजना सञ्चालन सम्झौता
-
अभ्यासका क्रममा ग्रिनेड विस्फोटः एक सैनिकको मृत्यु, सहसेनानी घाइते
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण