तनहुँ उद्योग वाणिज्य संघ दमौलीको अधिवेशन: फेसबुकमार्फत उम्मेदवारी, सभापतिमा दुई राजकुमारको भिडन्त
तनहुँ - उद्योग वाणिज्य संघ दमौली बजार इकाई समितिको यहि पुस २१ र २२ हुन गईरहेको १० औं अधिवेशन एवं २२ औं साधारण सभाको मिति नजिकिदै गर्दा इकाईका पदाधिकारीका लागि सामाजिक संञ्जाल फेसबुकमा उम्मेद्वारी गर्नेको लहर बढेको छ ।
सामाजिक संञ्जाल फेसबुक र पत्रपत्रिकामार्फत इच्छुक व्यक्तिले उम्मेदवारी दिएको भएपनि आधिकारिक उम्मेद्वार पुस २१ गते मात्रै एकिन हुने सभापति कृष्ण आचार्यले बताए ।
बजार इकाईको पदाधिकारीको लागि २६ जनाको कार्यसमित रहनेमा २२ जनाको निर्वाचन प्रणालीबाट चयन गरिने व्यवस्था छ ।

अहिलेसम्म सभापतिमा २ जना राजकुमार श्रेष्ठ “राकु” र राजकुमार श्रेष्ठको नाम चर्चामा छ । चुनाब जित्नेमा आफु विश्वस्त रहेको उनीहरुको आ-आफ्नै दाबी छ ।
उपसभापतिमा ४ जना दधिराज घिमिरे, रमेशकुमार श्रेष्ठ, शुकनारायण मल्ल र जीवन शाहि, कोषाध्यक्षमा ३ जना बिन्दु श्रेष्ठ, हर्षमान श्रेष्ठ र भानु चापागाईंले सामाजिक संञ्जालमार्फत उममेदवारी घोषणा गरेका छन् ।
सदस्यहरूमा १० जना राजु दाहाल, सुर्यभक्त अधिकारी, केदार अधिकारी, सरोज भण्डारी, भरत श्रेष्ठ, सोम थापा, राजेश मल्ल, दान बहादुर घर्ती, राजेन्द्र श्रेष्ठ र रमेश श्रेष्ठ छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
श्रम संस्कृति पार्टीका सांसदहरूद्वारा नाराबाजीसहित बेल घेराउ, पेलेरै अघि बढे सभामुख (तस्बिरहरू)
-
इजरायली सेनाद्वारा वेस्ट ब्याङ्कका विभिन्न क्षेत्रबाट १३ जना प्यालेस्टिनीलाई पक्राउ
-
सांसद हमालद्वारा राष्ट्रियताको विषयमा एकताबद्ध हुन आग्रह
-
केही अमेरिकी भन्छन्– एपस्टिन प्रकरणमा ट्रम्प प्रशासनले न्याय दियो
-
१५ सदस्यीय कार्यव्यवस्था परामर्श समिति गठन
-
‘नेपाल कतै पाकिस्तानी मोडेलतर्फ त जाँदै छैन ?’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण