के निसान र ऋचा अलग भएका हुन् ?

नेपाल आइडलको पहिलो सिजनमा फस्ट रनरअप हुन् गायक निशान भट्टराई । नेपाल आइडलमा सहभागी भएपछि करिअरको उडानमा लान सफल उनी अहिले पनि निकै व्यस्त छन् ।
अधिकांश समय गीत संगीतको कारणले समाचार बन्ने गरेका निशान अहिले पत्नी मोडल ऋचा न्यौपानेसँगको सम्बन्धका कारणले समाचार बनिरहेका छन् । २०७७ मा ऋचासँग केही बर्षको प्रेमलाई कानुनी विवाहमा परिणत गरेका उनको अहिले पत्नीसँग सम्बन्धमा बिग्रिएको गसिफले मिडियामा प्राथमिकता पाइरहेको छ ।
दुवैको सामाजिक संजालबाट पनि उनीहरू पति पत्नी बीच ठीकठाक नरहेको अनुमान गर्न सकिन्छ । किनभने दुबैले ले सामाजिक सञ्जालमा एक अर्कालाई अनफलो गरेको मात्र होइन, एक अर्काको तस्बिर समेत हटाएका छन् ।
ऋचाको इन्स्टाग्राममा पहिले रहेका विवाहका तस्बिर समेत गायब छन् । निशानले आफ्नो आधिकारिक फेसबुकबाट पनि ऋचासँगका बिहेका तस्बिर हटाएका छन् ।
यसरी एकअर्काेको तस्बिर सामाजिक सञ्जालबाट हटाउँदै अनफलो समेत गरेका यी दम्पती बीचको सम्बन्धमा दरार आएको अनुमान गर्न सकिन्छ । बजार हल्ला पत्याउने हो भने उनीहरू अलग भएको केही समय भएको छ । यस विषयमा उनीहरू भने चुप छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
डोल्पामा आगामी जेठ पहिलो सातादेखि यार्सागुम्बा सङ्कलन
-
भ्यानले अटोरिक्सालाई ठक्कर दिँदा चालकको मृत्यु
-
प्रधानन्यायाधीशले पूर्वराजा भेटेको समाचार लेख्ने पत्रकारलाई धरौटीमा छाड्ने आदेश
-
‘एआईको प्रयोगले न्युज रुममा असर होइन, राम्रो गर्छ’
-
नौ महिनामा भएका सवारी दुर्घटनामा ७० जनाको मृत्यु
-
१० बजे १० समाचार : सिंहदरबारमा ओली–प्रचण्ड भेट, कांग्रेसले चार भ्रातृसंस्था भङ्ग गर्ने