के निसान र ऋचा अलग भएका हुन् ?
नेपाल आइडलको पहिलो सिजनमा फस्ट रनरअप हुन् गायक निशान भट्टराई । नेपाल आइडलमा सहभागी भएपछि करिअरको उडानमा लान सफल उनी अहिले पनि निकै व्यस्त छन् ।
अधिकांश समय गीत संगीतको कारणले समाचार बन्ने गरेका निशान अहिले पत्नी मोडल ऋचा न्यौपानेसँगको सम्बन्धका कारणले समाचार बनिरहेका छन् । २०७७ मा ऋचासँग केही बर्षको प्रेमलाई कानुनी विवाहमा परिणत गरेका उनको अहिले पत्नीसँग सम्बन्धमा बिग्रिएको गसिफले मिडियामा प्राथमिकता पाइरहेको छ ।
दुवैको सामाजिक संजालबाट पनि उनीहरू पति पत्नी बीच ठीकठाक नरहेको अनुमान गर्न सकिन्छ । किनभने दुबैले ले सामाजिक सञ्जालमा एक अर्कालाई अनफलो गरेको मात्र होइन, एक अर्काको तस्बिर समेत हटाएका छन् ।
ऋचाको इन्स्टाग्राममा पहिले रहेका विवाहका तस्बिर समेत गायब छन् । निशानले आफ्नो आधिकारिक फेसबुकबाट पनि ऋचासँगका बिहेका तस्बिर हटाएका छन् ।
यसरी एकअर्काेको तस्बिर सामाजिक सञ्जालबाट हटाउँदै अनफलो समेत गरेका यी दम्पती बीचको सम्बन्धमा दरार आएको अनुमान गर्न सकिन्छ । बजार हल्ला पत्याउने हो भने उनीहरू अलग भएको केही समय भएको छ । यस विषयमा उनीहरू भने चुप छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रोजगारी प्रवर्द्धनका क्षेत्रलाई राज्यले प्राथमिकता दिनुपर्छ : माधव नेपाल
-
भारतको जीडीपी ७.७ प्रतिशतले वृद्धि हुने अनुमान
-
एसइई पूरक परीक्षाको नतिजा दुई साताभित्र प्रकाशन गरिने
-
स्वास्थ्य मन्त्रालयका सचिव डिल्लीराम शर्माको सरुवा
-
एन्थ्रोपिकका सह–संस्थापकको चेतावनीः एआईलाई ‘ब्रेक पेडल’ चाहिन्छ
-
काठमाडौँमा २७.५ किमी रेलमार्गको डीपीआरका लागि अन्तर्राष्ट्रिय प्रस्ताव आह्वान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण