राजपुर नगरपालिकामा झन्डै २ करोडको लागतमा विद्यालय भवन निर्माण हुँदै
रौतहट जिल्लाको दक्षिणीभेग राजपुर नगरपालिकामा झन्डै २ करोडको लागतमा विद्यालय भवन निर्माण हुन लागेको छ। युवा मेयर डाक्टर राजिक आलमको सक्रियतामा पहिलो पटक राजपुरमा यत्रो ठुलो लगानीमा विद्यालय भवन निर्माण हुन लागेको हो।
यसैबीच मेयर डाक्टर आलमले बुधबार एकसमारोहका बीच तिनतले बिधालय भवनको शिलान्यास गरेका छन । डाक्टर आलम रातोपाटीसंग संक्षिप्त कुरा गर्दै शिक्षा र साक्षरतामा देशमै सबभन्दा पुच्चारमा रहेको जिल्ला रौतहट भएकाले साक्षर नगर बनाउने उद्देश्यले शिक्षामा लगानी गरिएको बताए ।
विकास पुर्वाधारमा पछाडी रहेको राजपुर नगरपालिकामा शिक्षा ,स्वास्थ्य र बाटो तथा भौतिक पूर्वाधार निर्माण लाई विशेष प्राथमिकतामा राखेर जनचाहना अनुसार काम गरिरहेको डाक्टर आलमले बताए । मेयर आलम पुर्वमन्त्री हाल नखु जेलमा रहेका नेपाली कांग्रेसका महमद आफताभ आलमका छोरा हुन।
राजपुर नगरपालिका अन्तर्गत बैरिया माध्यमिक विद्यालयको हाताभित्र निर्माण भैरहेको तीन तले विद्यालय भवन नगरविकास कोषको कुल लागत १ करोड ८९ लाख रुपिया रहेको प्रमुख प्रशासकीय अधिकृत बैजु ठाकुरले बताएका छ। विद्यालय भवनको ठेक्का ईस्लामिक कन्स्ट्रक्सनले टेण्डर प्रक्रिया बाट लिएको तथा २०८० असार १५ सम्म निर्माण पूरा गर्ने सम्झौता भएको अधिकृत ठाकुरले जानकारी दिएका छन् ।
भवन निर्माण पछि छात्रछात्रा लाई पठनपाठनमा सुविधा हुने विद्यालय प्रशासनले जनाएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘हिट एन्ड रन’ घटनाका फरार चालक गाडीसहित पक्राउ
-
पहाडी क्षेत्रमा उल्लेख्य वर्षा, केही स्थानमा भारी वर्षाको सम्भावना
-
कर्णालीमा नेकपाको संसदीय दलदेखि प्रदेश कमिटीसमेत उभियो मुख्यमन्त्री कँडेलविरुद्ध
-
वन्यजन्तुले किसानको बारी उजाड, सरकार हेरेको हेर्यै
-
पाकिस्तानमा फेरि बढ्यो पेट्रोल र डिजेलको मूल्य
-
तस्बिरमा हेर्नुहोस् त्रिभुवन विश्वविद्यालयको ६७ औँ वार्षिक दिवस
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण