प्रभावकारी भूमिका निर्वाह गर्न काँग्रेस सांसदहरूलाई प्रधानमन्त्री देउवाको निर्देशन
प्रधानमन्त्री एवम् नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले संसद्मा प्रभावकारी भूमिका निर्वाह गर्न पार्टीबाट निर्वाचित प्रतिनिधिसभाका सांसदहरूलाई निर्देशन दिएका छन् । प्रधानमन्त्री देउवाले पार्टीबाट निर्वाचित प्रतिनिधिसभाका सांसदहरूलाई शनिबार आफ्नै सरकारी निवास बालुवाटारमा बधाई दिँदै सो निर्देशन दिएका हुन् ।
प्रतिनिधिसभामा निर्वाचित सबै सांसदहरूलाई प्रधानमन्त्री देउवाले संसद्मा प्रभावकारी भूमिका निर्वाह गर्न निर्देश गर्नु भएको सञ्चारमन्त्री समेत रहेका काँग्रेस नेता ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए। उनले काँग्रेसकै नेतृत्वमा गठबन्धन सरकार बन्ने र त्यसमा सबै पक्षलाई समेटेर अघि बढ्न आफूहरूले चाहेको पनि स्पष्ट पारे । मन्त्री कार्कीले भने, ‘यो कार्यक्रममा सम्माननीय प्रधानमन्त्रीजीले संसद्मा, प्रतिनिधिसभामा सबैलाई प्रभावकारी भूमिका निर्वाह गर्नका लागि निर्देश गर्नु भएको छ । अरू राष्ट्रिय राजनीतिको बारेमा गठबन्धन जारी छ । गठबन्धनलाई जनताले अनुमोदन गरेका छन् । र, चाँडै नै गठबन्धनको बैठक बसेर अरू कुराहरूको निर्णय हुनेछ । र, त्यो निर्णयको जानकारी म तपाइहरूलाई गराउनेछु । तपाईं अनुमान गर्न सक्नुहुन्छ । गठबन्धनको बैठक भइसकेपछि त्यसको निर्णय मात्रै मैले तपाईंहरूलाई जानकारी गराउन सक्दछु । गठबन्धनकै नेतृत्व सरकार बन्छ । हामी सबैलाई समेटेर राष्ट्रिय एकताका साथ अघि बढ्न चाहन्छौँ । ’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कस्तो रहला तपाईँको यो साता ? हेर्नुहोस् साप्ताहिक राशिफल
-
मैत्रीपूर्ण खेलमा जर्मनीको जित, अमेरिका २–१ गोल अन्तरले पराजित
-
सिरदली–चौडेनी सडक स्तरोन्नति
-
मैत्रीपूर्ण खेलमा पोर्चुगलद्वारा चिली पराजित
-
बाढीले अवरुद्ध दिक्तेल–चखेवाभञ्ज्याङ सडक सञ्चालनमा
-
फलहरूको राजा आँप: मधुमेहका बिरामीले खान मिल्छ कि मिल्दैन ? यस्ता छन् फाइदा र खानुपर्ने सही तरिका
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण