बालुवाटार पुगेर पौडेलले दिए देउवालाई बधाई
नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले संसदीय दलमा निर्वाचित सभापति शेरबहादुर देउवालाई बधाई दिएका छन् । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार बुधबार पुगेर पौडेलले देउवालाई बधाई दिएका हुन् ।
संसदीय दलको नेतामा देउवाको प्रस्तावक बसेको पौडेलले सामाजिक सञ्जालमार्फत बधाई दिएको तस्वीर सार्वजनिक गरेका छन् । विगतमा कांग्रेसभित्र देउवाका प्रतिस्पर्धी मानिएका पौडेल १४ औं महाधिवेशनयता सहयोगीको भूमिकामा देखिएका छन् ।
०६४ मा देउवालाई संसदीय दलमा पराजित गरेर पौडेल दलको नेता बनेका थिए भने ७२ मा देउवासँग पराजित भएका थिए । १३ औं महाधिवेशनमा देउवासँग पराजित उनी १४ औं महाधिवेशनमा प्रतिस्पर्धीको रिङबाट आउट हुन पुगे ।
त्यसपछि पौडेल र देउवाबीच सहकार्य भइरहेको छ । पौडेल प्रस्तावक बसेको संसदीय दलको चुनावमा देउवा भारी मतान्तरले निर्वाचित भएका छन् । आज बिहान भएको दलको नेताको निर्वाचनमा देउवाले ६४ भोट पाउँदा महामन्त्री गगन थापाले २५ मत पाएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
बाढीले अवरुद्ध दिक्तेल–चखेवाभञ्ज्याङ सडक सञ्चालनमा
-
फलहरूको राजा आँप: मधुमेहका बिरामीले खान मिल्छ कि मिल्दैन ? यस्ता छन् फाइदा र खानुपर्ने सही तरिका
-
भन्सार छलीका सामान बरामद
-
रास्पवा भक्तपुरमा बस्नेत निर्वाचित
-
१२ बजे १२ समाचार: काठमाडौँमा रेलमार्गको डीपीआरका लागि प्रस्ताव आह्वानदेखि आर्थिक विधेयकमा २० पेजको झमेलासम्म
-
सचिव कृष्णहरि पुष्कर प्रकरणमा प्रधानमन्त्रीको कटाक्ष: ‘मलाई पनि एम्बासडर बन्न मन छ’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण