झुटको खेती गर्दिन बोलेको बचन पुरा गर्छु : कृष्णकुमार श्रेष्ठ
बुधबार, १९ पुस २०७४, ०९ : ०५
तनहुँ क्षेत्र नं १ का प्रतिनिधिसभाका नवनिर्वाचित सांसद कृष्णकुमार श्रेष्ठ किसानले झुटको खेती नगर्ने बताएका छन् ।
जनतासामू बोलेको बचन पुरा गरेरै छाड्ने श्रेष्ठको प्रतिवद्धता छ । सोमबार व्यास नगरपालिका वडा नं ४, १० र ११ का बासिन्दाहरुलाई बधाई तथा शुभकामना दिन घरदैलो अभियानमा पुगेका सासद श्रेष्ठले सो कुरा बताएका हुन् ।
निर्वाचनपछि आफ्नो आफू अस्वस्थ्य भएका कारण चाहेको समयमा जनता समक्ष आउन नसकेको उनले बताए ।
श्रेष्ठले नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेललाई प्रतिनिधिसभाको निर्वाचनमा पराजित गर्दै सांसदमा निर्वाचित भएका हुन् ।
कार्यक्रममा नेकपा एमालेका जिल्ला नेताहरु श्रीराम कार्की, भगवती न्यौपाने, माओवादी केन्द्रका प्रतिनिधि गोपाल सुर्खाली लगायतको सहभागिता थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुनको मूल्य स्थिर, चाँदीको घट्यो
-
स्टिङ अपरेशनको सत्य तथ्य जनता सामु ल्याउन जनार्दन शर्माको आग्रह
-
सुशासनका निम्ति सबैले आवाज उठाउनुपर्छ : सरस्वती बजिमय
-
आईपीएलमा आज : लखनउलाई पहिलो पटक उसैको घरमा हनाउने दाउमा मुम्बई
-
एमालेको नेतृत्वमा मात्र मुलुक सही दिशातर्फ अगाडि बढ्छ : ईश्वर पोखरेल
-
एकता घोषणाबारे निर्णय गर्न क्रान्तिकारी कम्युनिस्ट पार्टी र नेकपा मशालको संयुक्त बैठक बस्दै