बुद्ध एयरका अध्यक्ष बस्नेतको निधन
आइतबार, १० पुस २०७९, ०८ : ३५

बुद्ध एयरका अध्यक्ष सुरेन्द्र बहादुर बस्नेतको निधन भएको छ । बस्नेतको आइतबार बिहान ९३ वर्षको उमेरमा उनको निधन भएको हो ।
भोजपुरको दिंगलास्थित साल्मामा जन्मिएका बस्नेतले भारतको बनारसबाट एमएलएलबीसम्मको अध्ययन गरेका थिए । उनले नेपाल सरकारको विभिन्न उच्च ओहोदामा रहेर नेतृत्वदायी भूमिका निभाएका थिए ।
‘हामीले एक असल अभिभावक गुमाए पनि उहाँले देखाउनुभएको बाटोलाई सधैँ अनुशरण गरी अगाडि बढ्नेछौँ’, बुद्ध एयरद्वारा जारी शोक वक्तव्यमा भनिएको छ, ‘हाम्रा अभिभावकप्रति हार्दिक श्रद्धासुमन ।’
बस्नेतका २ छोरा र १ छोरी रहेका छन् । जेठा छोरा वीरेन्द्रबहादुर बस्नेतले बुद्ध एयरका प्रवन्ध निर्देशक समेत हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पर्वतका कृषकलाई दुई लाख माछाका भुरा वितरण
-
जान्नुहोस् हज सम्बन्धी पाँच विशेष कुराहरू
-
संस्कृति संरक्षण गर्न मादल बजाउने तालिम
-
सिङ्दी–दूधपोखरी हुँदै हर्पिङडाँडासम्म पदमार्गको खोजी गरिँदै
-
नेपालको ऐतिहासिक जित: १ विकेटले स्कटल्याण्ड स्तब्ध
-
१२ बजे १२ समाचार: गृहमन्त्रीको राजीनामा बटमलाइनदेखि यातायात सञ्चालनबारे अझै अन्योल