सडकमै चालकको आँखा परीक्षण
तनहुँ – बुधबार बिहानै सडकमा ट्राफिक प्रहरी खटिए । उनीहरुले सवारी रोक्दै चालकलाई बोलाउन थाले ।
कारबाहीमा परिने पो हो कि भन्ने डरले चालकहरु झस्किए ।
गाडीबाट निस्केर बाहिर आएपछि उनीहरुले थाए पाए, आँखा परीक्षणको लागि बोलाइएको रहेछ भनेर ।
लायन्स क्लव अफ तनहुँ र लियो क्लब अफ तनहुँको आयोजनामा सार्वजनिक सवारी चालकका आँखा परीक्षण गरिएको हो ।
हिमालय आँखा अस्पताल, जिल्ला आँखा उपचार केन्द्रको प्रविधिक सहयोग र जिल्ला ट्राफिक कार्यालयको सहयोगमा चालकका आँखा परीक्षण गरिएको हो । चालकहरुलाई करिब ३ मिनेटको परीक्षणमा सहभागी गराइएको थियो ।
आँखाको कमजोरीका कारण हुनसक्ने सवारी दुर्घटनालाई न्यूनिकरण गर्ने उद्धेश्यले शिविर सञ्चालन गरिएको हो ।
जिल्ला ट्रफिक कार्यालय तनहुँ अगाडि राखिएको शिविरमा करिब ३ सय सवारी चालकको आँखा परीक्षण गरिएको छ ।

त्यसक्रममा ३० जनाको दृष्टि कमजोर भएकोले संम्वन्धित आँखा अस्पतालमा सिफारिस गरि पठाइएको लायन्स क्लव अफ तनहुँका कोषाध्यक्ष ध्रुवराज पण्डितले रातोपटीलाई जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बादलको आरोप– प्रधानमन्त्रीको गलत अभिव्यक्तिको बचाउमा सांसदसहित सेना पनि लाग्यो
-
पर्वतमा सन्तु नेपालीको हत्या गरी गहना लुट्ने मुख्य अभियुक्तसहित दुई जना पक्राउ
-
दरबार हत्याकाण्ड ‘उधिन्ने’ गृहमन्त्री गुरुङको घोषणाबारे के भन्छन् दलका नेताहरू ?
-
आङ्देम्बेको ‘मुर्दा लास’ र ‘चीरहरण’ शब्दप्रति रास्वपाको आपत्ति, संसद्को रेकर्डबाट हटाउन माग
-
रामबहादुर थापाले दिए संसद् सुचारुका तीन उपाय
-
तामिल फिल्मका दिग्गज निर्देशक भारतीराजाको निधन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण