सडकमै चालकको आँखा परीक्षण
तनहुँ – बुधबार बिहानै सडकमा ट्राफिक प्रहरी खटिए । उनीहरुले सवारी रोक्दै चालकलाई बोलाउन थाले ।
कारबाहीमा परिने पो हो कि भन्ने डरले चालकहरु झस्किए ।
गाडीबाट निस्केर बाहिर आएपछि उनीहरुले थाए पाए, आँखा परीक्षणको लागि बोलाइएको रहेछ भनेर ।
लायन्स क्लव अफ तनहुँ र लियो क्लब अफ तनहुँको आयोजनामा सार्वजनिक सवारी चालकका आँखा परीक्षण गरिएको हो ।
हिमालय आँखा अस्पताल, जिल्ला आँखा उपचार केन्द्रको प्रविधिक सहयोग र जिल्ला ट्राफिक कार्यालयको सहयोगमा चालकका आँखा परीक्षण गरिएको हो । चालकहरुलाई करिब ३ मिनेटको परीक्षणमा सहभागी गराइएको थियो ।
आँखाको कमजोरीका कारण हुनसक्ने सवारी दुर्घटनालाई न्यूनिकरण गर्ने उद्धेश्यले शिविर सञ्चालन गरिएको हो ।
जिल्ला ट्रफिक कार्यालय तनहुँ अगाडि राखिएको शिविरमा करिब ३ सय सवारी चालकको आँखा परीक्षण गरिएको छ ।
त्यसक्रममा ३० जनाको दृष्टि कमजोर भएकोले संम्वन्धित आँखा अस्पतालमा सिफारिस गरि पठाइएको लायन्स क्लव अफ तनहुँका कोषाध्यक्ष ध्रुवराज पण्डितले रातोपटीलाई जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इलाम–२ मा पहिचान पक्षधर उम्मेदवारको हार
-
इलाम–२ मा रास्वपासहित १६ उम्मेदवारको जमानत जफत (प्राप्त मतसहित)
-
इलाम–२ मा रास्वपा उम्मेदवारको जमानत जफत
-
देशमा पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव, कतै वर्षा, कतै हावाहुरीको सम्भावना
-
इलाम–२ मा एमालेका सुहाङ नेम्वाङ निर्वाचित
-
यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर