मुक्तिनाथ बैंकले गर्यो परोपकार महासंघलाई यस्तो सहयोग
बिहीबार, २० पुस २०७४, ०७ : ३५
तनहुँ - मुक्तिनाथ विकास बैंक दमौली शाखाले १२ औं वार्षिकोत्सवको अवसरमा बुधवार राष्ट्रिय परोपकार महासंघलाई फर्निचरका सामग्री प्रदान गरेको छ ।
कार्यक्रमका प्रमुख अतिथि व्यास नगरपालिकाका नगरप्रमुख बैकुण्ठ न्यौपानेले राष्ट्रिय परोपकार महासंघका अध्यक्ष तारानाथ घिमिरेलाई सामग्री हस्तान्तरण गरे ।
धार्मिक स्थलमा बैंकले एक ईटा थप्ने कार्य गरेर उदाहरणीय प्रस्तुत गरेको नगरप्रमुख न्यौपानेले प्रतिक्रिया दिए ।
बैकले करिब २० हजार रुपैयाँ बराबरको फर्निचरका सामग्री वितरण गरेको छ ।
उक्त परोपकार महासंघमा असाह्य, बृद्धवृद्धाहरुका लागि खाना बस्नको निशुल्क व्यवस्था छ । संस्थाको भवन करिब ७० जनासम्म खान, बस्न सक्ने क्षमताको रहेको समितिले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दुई सय १६ किलो गाँजासहित दुई जना पक्राउ
-
कोभिशिल्ड भ्याक्सिनबाट हृदयाघात र स्ट्रोकको जोखिम, रगत पनि जम्न सक्ने
-
के तपाईं ग्यास्ट्रिकले हैरान हुनुहुन्छ ? बच्ने केही घरेलु उपाय
-
सहर्ष पराजय स्वीकार गर्न रवि लामिछानेको आग्रह
-
ऐनविपरीत शिक्षिका श्रीमतीलाई मेयरले राखे आफ्नै सचिवालयमा
-
नेपालको घाँस तिब्बतमा बिक्री गरिँदै,घाँस खेती गर्ने किसानलाई निर्यातको ढोका खुल्यो