मुक्तिनाथ बैंकले गर्यो परोपकार महासंघलाई यस्तो सहयोग
बिहीबार, २० पुस २०७४, ०७ : ३५
तनहुँ - मुक्तिनाथ विकास बैंक दमौली शाखाले १२ औं वार्षिकोत्सवको अवसरमा बुधवार राष्ट्रिय परोपकार महासंघलाई फर्निचरका सामग्री प्रदान गरेको छ ।
कार्यक्रमका प्रमुख अतिथि व्यास नगरपालिकाका नगरप्रमुख बैकुण्ठ न्यौपानेले राष्ट्रिय परोपकार महासंघका अध्यक्ष तारानाथ घिमिरेलाई सामग्री हस्तान्तरण गरे ।
धार्मिक स्थलमा बैंकले एक ईटा थप्ने कार्य गरेर उदाहरणीय प्रस्तुत गरेको नगरप्रमुख न्यौपानेले प्रतिक्रिया दिए ।
बैकले करिब २० हजार रुपैयाँ बराबरको फर्निचरका सामग्री वितरण गरेको छ ।
उक्त परोपकार महासंघमा असाह्य, बृद्धवृद्धाहरुका लागि खाना बस्नको निशुल्क व्यवस्था छ । संस्थाको भवन करिब ७० जनासम्म खान, बस्न सक्ने क्षमताको रहेको समितिले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुदूरपश्चिम प्रदेशका २६ पालिकाले उठाएनन् रासायनिक मल
-
स्वास्थ्य सम्बद्ध सङ्घसंस्थाका पदाधिकारीहरूलाई अनिवार्य समावेश गर्न माग
-
श्रम संस्कृति पार्टीका सांसदहरूले नाराबाजीसहित बेल घेराउ गरे, सभामुख पेलेरै अघि बढे (तस्बिरहरू)
-
इजरायली सेनाद्वारा वेस्ट ब्याङ्कका विभिन्न क्षेत्रबाट १३ जना प्यालेस्टिनीलाई पक्राउ
-
सांसद हमालद्वारा राष्ट्रियताको विषयमा एकताबद्ध हुन आग्रह
-
केही अमेरिकी भन्छन्– एपस्टिन प्रकरणमा ट्रम्प प्रशासनले न्याय दियो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण