शुक्रबार, ०५ असार २०८३
ताजा लोकप्रिय

जुवाको खालबाट ११ जना पक्राउ

बिहीबार, १४ असोज २०७२, १८ : ५९
बिहीबार, १४ असोज २०७२
इटहरी  – नजिकिएको चाडबाड बिजया दशमी तथा दिपावलीको मौका छोपी अबैध रुपमा जुवा तास खेलिरहेको बेला इलाका प्रहरी कार्यालय इटहरीको टोलीले बिहीबार साझ १८ हजार ४ सय नगद सहित ११ जनालार्य पक्राउ गरेको छ । इटहरी ४ स्थित कृष्ण बिष्टको घरमा डेरा गरी बस्ने खगेन्द्र कार्कीको कोठामा अवैध जुवा तथा तास खेलीरहेको बेला प्रहरीले छापामारी सो नगद सहित ११ जना जुवाडेहरु पक्राउ परेका हुन् । शुराकीको आधारमा प्रहरीले बिष्टको घरमा छापा मार्दा डेरा गरी बस्ने कार्कीले कोठामा अबैध तास खेलाएको पाइएकोले कार्की सहित ११ जनालाई पक्राउ गरेको इलाका प्रहरी कार्यालय इटहरीले बताएको छ । जुवाको खालबाट ओछयाउन प्रयोग गरीने ब्ल्याङकेट , ३१ पत्ती तास , र नगद १८ हजार ४ सय बरामद गरीएको इलाका प्रहरी कार्यालय इटहरीले जनाएको छ । यसरी पक्राउ पर्नेहरुमा इटहरी ४ का ५८ वर्षीय खगेन्द्र कार्की , २८ वर्षीय कृष्ण बहादुर बस्नेत ,४१ बर्षीय लोक बहादुर थापा , ४६ बर्षीय केशव ढुङगाना , ३० वर्षीय बालकृष्ण खडका , इटहरी ८ का ५१ वर्षीय प्रेम बहादुर अग्रवाल , इटहरी ७ का ४१ वर्षीय सुशिल बस्नेत , इटहरी २ का ५३ वर्षीय राम श्रेष्ठ , इटहरी १ ४४ बर्षीय महेस बराल , इटहरी २ का ४० बर्षीय बल बहादुर रार्य र इटहरी ८ का ३५ वर्षीय तिर्थ बहादुर राई रहेको प्रहरीले बताएको छ । अवैध तास सहित पक्राउ परेका सबैजना बिरुद्ध आवश्यक अनुशन्धान जारी रहेको र उनिहरुलाई कानुन अनुसार कार्वाही प्रक्रिया अघि बढाइने इलाका प्रहरी कार्यालय इटहरीका प्रहरी प्रमुख ओमप्रशाद अधिकारीले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

ओम शर्मा
ओम शर्मा
लेखकबाट थप