अन्बर प्रान्तमा आइएसका १३ लडाकू मारिए
मङ्गलबार, ०८ मङ्सिर २०७२, १३ : ००
बग्दाद– इराकको अन्बर प्रान्तमा इस्लामिक अतिवादी समूह, आइएस विरुद्धको कारबाहीका क्रममा आइएसका कम्तीमा पनि १३ जना लडाकू मारिएको छ ।
आइएसमाथि इराकी सुरक्षाकर्मीहरुले स्थलगत र हवाई कारबाही गरेका थिए । आइएसको खोजीका क्रममा इराकी सुरक्षाकर्मीहरुले सोमबार रातिबाट सो कारबाही गरेका जनाइएको छ ।
मङ्गलबार इराकको पश्चिमी प्रान्त अन्बरको प्रान्तीय राजधानी सहर रमादीमा सो हमला भएको थियो । सो नगरमा विगतदेखि नै आइएसका लडाकूहरु लुकेर बस्ने गरेका छन् ।
स्थलगत कारबाहीका क्रममा आइएसका लडाकूसँग कैयौँ स्थानमा भिडन्त पनि भएको सो जनाइएको छ ।
रमादी नजिकैको अलक्वाम नगरमा आइएसका लडाकूहरु लुकेर बस्ने गरेको भन्दै यसअघि पनि सेनाले कारबाही गरेको थियो । सो नगरमा इरानी सेनाले हवाई कारबाहीका क्रममा बमबारी गरेको थियो ।
सो बमबारीमा परी कम्तीमा पनि १३ जना लडाकू मारिएका थिए । सो क्रममा उनीहरुका छ वटा सवारी साधन पनि ध्वस्त भएका बताइएको छ ।
त्यसैगरी रमादीबाट पश्चिमतर्फको अल्बुरिसा पुलमा सो हमला भएको थियो । उक्त हमलामा पनि केही लडाकू मारिएका बताइएको छ । तर पनि ती लडाकूको बारेमा भने के कति सङ्ख्यामा छन् भन्ने केही बताइएको छैन ।
त्यसैगरी अन्बरकै अरु केही क्षेत्रमा पनि कारबाही जारी रहेको छ । इराकी सेनाले पछिल्लो समयमा आइएसका विरुद्धमा स्थलगत रुपमा पनि व्यापक मात्रामा कारबाही गर्ने गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
महान्यायाधिवक्ता कँडेलविरुद्धको रिटमा तोकियो पेसी
-
शुक्लाफाँटामा कृष्णसारको सङ्ख्या तीन सयभन्दा बढी, व्यवस्थापन चुनौतीपूर्ण
-
सामुदायिक विद्युतीकरण विस्तारमा समस्या
-
दादुराको उच्च जोखिम रहेका जिल्लामा खोप अभियान
-
नेपालगञ्ज र भैरहवाको तापक्रम ४१ डिग्री पुग्ने, धनकुटा र विराटनगरमा झरी
-
ट्राफिक कारबाहीबाट २४ घण्टामा २२ लाख ३९ हजार राजस्व दाखिला
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण