भारतीय नागरिक र मोर्चाका कार्यकर्ताबीच मितेरी पुलमा कुटाकुट (फोटोफिचर)
वीरगन्ज – वीरगन्जको मितेरी पुलमा धर्नामा बसेका संयुक्त मधेसी मोर्चाका कार्यकर्ता र भारतीय नागरिकबीच कुटाकुट भएको छ । भारतबाट सयौंको संख्यामा आएका नागरिकले लाठा र ढुंगा प्रहार गर्न थालेपछि धर्नामा बसेका मोर्चाका कार्यकर्ताबीच भागभाग मच्चिएको छ ।
नेपालतर्फ अड्किएका तीन दर्जन ट्रकलाई पारि जान दिन अनुरोध गर्न गएका भारतीय चालकको समूहलाई धर्नामा बसेको मोर्चाले नसुनेपछि भारतीय नागरिक लाठीसहित उत्रिएका हुन् । लाठीसहित भारतीय नागरिक उत्रिएपछि मोर्चाका कार्यकर्ता तितरबितर भएका छन् ।
भारतीय नागरिक लाठी र ढुंगामुढासहित उत्रिएपछि अहिले मितेरी पुल तनावग्रस्त बनेको छ ।
भारतबाट सयौंको संख्यामा नागरिक आएर आन्दोलनकारीले लाठी तथा ढुंगाले प्रहार गरेका थिए । झडपमा परी घाइते हुनेमा मदन यादव, रेखादेवि , रंजित शाह , फिरोज यादव र शत्रुधन यादव रहेका छन् । झडपपछि त्यहाँ भागदौड मच्चिए पनि विस्तृत विवरण आउन बाँकी छ ।
यसअघि नेपाल र भारतबीच मोटरसाइकल चलेपनि दुवै देशका नागरिकले मोटरसाइकल आवतजावजसमेत ठप्प पारेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
धनुषामा राजगुठी सम्पत्तिको अतिक्रमण हटाउन गुठी संस्थानको सूचना
-
सन् २०२२ देखि युक्रेनको सार्वजनिक ऋण ११० अर्ब अमेरिकी डलरभन्दा बढीले वृद्धि
-
१० बजे १० समाचार : कांग्रेसमा सदस्यता अद्यावधिकको समयसीमा थप, एउटा लिंकले रित्यायो २५ लाख
-
बङ्गलादेशमा मे महिनामा यातायातसम्बन्धी दुर्घटनाबाट ६७१ जनाको मृत्यु
-
यस वर्ष कामपाका १२८ स्थान डुबानको जोखिममा
-
राजेश ढुंगानाको 'मुटु फलाम भएर' लोकार्पण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण