शनिबार, ३० जेठ २०८३
ताजा लोकप्रिय

अमेरिका बोलाएका श्रीमानले धोका दिएर हिँडेपछि...

शुक्रबार, १८ मङ्सिर २०७२, ०९ : ०६
शुक्रबार, १८ मङ्सिर २०७२
न्यूयोर्क – अमेरिकामा ठूलो संख्यामा नेपालीहरुको बसोबास छ । नेपालीहरुको ठूलै उपस्थितिका कारण यहाँ सांगितिक र साहित्यिक गतिविधि उत्तिकै हुने गर्छन् । पछिल्लो समय चर्चित लोक गायक बिमल डांगीको शब्द र लय तथा श्रीयसी चेम्जोगंको स्वर रहेको ‘सधैं तिमीलाई’ भन्ने एक गीत बनाइएको छ, जुन अमेरिकामा रहेको एक परिवारको वास्तविक घटना हो । बिन्दबासीनी म्युजिकको प्रस्तुति रहेको सधैं तिमीलाई चर्चित युवा निर्देशक सुरेश दर्पण पोखरेलले कथानक म्युजिक भिडियो तयार पारेका हुन् । पत्रकार सूर्य थापा, सरिता डांगी र ईत्ना कार्कीको अभिनय, शम्भु मोक्तानको छायांकन र भरत रेग्मीको सम्पादन रहेको गीत न्यूयोर्कको विभिन्न स्थानमा छायाकन गरिएको थियो । म्युजिक भिडियोमा श्रीमतीले अमेरिकामा आएर दुःख गरी कागज बनाएर श्रीमानलाई बोलाउँछिन् । तर, श्रीमान् केही महिनापछि श्रीमतीको मायालाई वेवास्ता गर्दै अर्कै तर्फ लाग्छन् । म्युजिक भिडियोका निर्देशक पोखरेलले सत्य घटनामा आधारित भिडियोमार्फत सकारात्मक सन्देश प्रवाह गर्न खोजेको बताए । https://youtu.be/BpIHGaSdphg

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

विधान श्रेष्ठ
विधान श्रेष्ठ
लेखकबाट थप