शनिबार, ३० जेठ २०८३
ताजा लोकप्रिय

कास्कीका विषादी पसलहरुमा म्याद गुज्रेका विषादी छ्याप्छ्याप्ती, अनुगमन समितिद्धारा तीन प्रकारका विषादी जफत

शनिबार, १९ मङ्सिर २०७२, ०८ : ५७
शनिबार, १९ मङ्सिर २०७२

पोखरा – कास्कीका विषादी पसलहरुमा म्याद गुजे्रका विषादीहरु छ्याप्छ्याप्ती भेटिएका छन् । जिल्ला कृषि विकास कार्यालयको संयोजनमा शुक्रवार जिल्ला स्तरीय विषादी व्यवस्थापन समितिद्धारा गरिएको अनुगमनका क्रममा ती विषादीहरु फेला परेका हुन् ।

पोखराको छोरेपाटन, सृजनाचोक, पृथ्वीचोक र लेखनाथको गोगनगौंडा, राजाको चौतारा लगायतका दर्जनांै विषादी पसलहरुमा गरिएको अनुगमनमा ती म्याद गुज्रेका विषादी भेटिएको अनुगमन समितिले जानकारी दिएको छ । पसलहरुमा म्याद सकिएका विषादीहरु रोगर जिंक फस्फाईड, एल्मोनियम फस्फाईट लगायतका रहेका छन् । उक्त विषादी अनुगमन समितिले जफत गरी यस्तो गल्ती आउँदो दिनमा नगर्न कबुल गराएर छाडिएको अनुगमन टोलीले जनाएको छ । कतिपय पसलहरुले किटनाशक विषादीहरु विना लाइसेन्स बिक्री गरेको भन्दै समितिले लाइसेन्स लिएर मात्र विषादी बिक्री गर्न निर्देशन दिएको जिल्ला कृषि विकास कार्यालय कास्कीका वरिष्ठ कृषि विकास अधिकृत रमेशप्रसाद कोइरालाले बताए ।

उनले विगतमा गरिएको अनुगमनको प्रभाव बजारमा देखिएको भन्दै कास्कीका विषादी बिक्री गर्ने पसलहरुमा क्रमशः सुधार हुँदै आएको बताए । उनले अनुगमनको प्रभाव योपटक देखिएको भन्दै केहीले नजानेर म्याद गुज्रेका विषादी राखेको भेटिए पनि विगतको जस्तो नियत नै गलत भने बिक्रेताहरुमा नभएको वताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

विधान श्रेष्ठ
विधान श्रेष्ठ
लेखकबाट थप