शान्तिको कामना गर्दै कुवेतमा बालियो १०८ बत्ती
कुवेत - भारतीय नाकाबन्दीले आक्रांत नेपालमा स्थायी र दिगो शान्तिको कामना गर्दै १०८ बत्ती बाली लुम्बिनी समाज कुवेतले सातौ लुम्बिनी दिवस मनाएको छ |
शान्तिका अग्रदूत गौतम बुद्दको जन्म स्थल नेपालमा बिदेशी हस्तक्षेपले स्वाभिमानी नेपालीको अवस्था गम्भीर भएकोमा दुःख ब्यक्त गर्दै अहिलेको असहज परिस्थीती शान्तिमा परिणत होस भन्दै लुम्बिनी बासी नेपालीहरुको साझा संस्था लुम्बिनी समाज कवेतले कुवेतको मालियास्थित भिभा गोवा रेस्टुरेंटमा एक कार्यक्रम गरी लुम्बिनी दिवस मनाएको हो |
संस्थाका कार्यबाहक अध्यक्ष एच.पि खत्रीको सभापतित्वमा सम्पन्न कार्यक्रममा संस्थाका संरक्षक सुजन केसी प्रमुख अतिथि थिए भने पत्रकार तथा पूर्व महासचिब नवराज पन्थीले कार्यक्रम संचालन गरेका थिए | कार्यक्रममा संस्थाका सल्लाहकार तथा एनआरएनए कुवेतका उपाध्यक्ष रवी बन्झाडे, बिशेष संरक्षक राजू कार्की, संस्थाका पदाधिकारीसहित सदस्यहरु र मिडियाका प्रतिनिधिहरुको उपस्थिति थियो |
लुम्बिनी अंचलको बिकासमा प्रवासबाट हाम्रो भूमिका भन्ने नारा सहित स्थापित समाज पछिल्लो समयमा समाज सेवामा सक्रीय भएको छ . समाजले बिपन्न गरीब बिधार्थीलाई छात्रबृत्ति कोष संचालन गर्दै आइरहेको छ |
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
धनुषामा राजगुठी सम्पत्तिको अतिक्रमण हटाउन गुठी संस्थानको सूचना
-
सन् २०२२ देखि युक्रेनको सार्वजनिक ऋण ११० अर्ब अमेरिकी डलरभन्दा बढीले वृद्धि
-
१० बजे १० समाचार : कांग्रेसमा सदस्यता अद्यावधिकको समयसीमा थप, एउटा लिंकले रित्यायो २५ लाख
-
बङ्गलादेशमा मे महिनामा यातायातसम्बन्धी दुर्घटनाबाट ६७१ जनाको मृत्यु
-
यस वर्ष कामपाका १२८ स्थान डुबानको जोखिममा
-
राजेश ढुंगानाको 'मुटु फलाम भएर' लोकार्पण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण