शनिबार, ३० जेठ २०८३
ताजा लोकप्रिय

आज ३९ पम्पमा १ लाख ८६ हजार लिटर पेट्रोल र ४४ पम्पमा २ लाख १० हजार लिटर डिजेल बाँडिदै

सोमबार, २१ मङ्सिर २०७२, ०९ : २०
सोमबार, २१ मङ्सिर २०७२

आज उपत्यका र आसपासका जिल्लामा १ लाख ८६ हजार लिटर पेट्रोल र २ लाख १० हजार लिटर डिजेल बाँडिदै छ । आयल निगमका विक्रोताहरुमार्फत ४४ पम्पबाट डिजेल र ४० पम्पबाट पेट्रो वितरण हुँदैछ । काठमाण्डौ, ललितपुर, भक्तपुर, काभ्रे, सिन्धुपाल्चोक र दोलखाका ती पम्पबाट तेल वितरण हुन लागेको निगमले जनाएको छ ।

हल्चोक फ्यूल स्टेशनबाट ट्याँकर र अत्यावस्यक सवारी साधनलाई ईन्धन उपलब्ध गराईने र अन्यबाट हिँजोअस्ति जस्तै ईन्धन वितरण गरीने निगमले जनाएको छ । निगमका अनुसार २७ वटा पम्पबाट ४ हजार लिटरका दरले, १३ वटाबाट ६ हजार, २ वटाबाट ९ हजार र २ वटा पम्पबाट ३ हजार लिटरका दरले डिजल वितरण गरीने छ ।

त्यस्तै पेट्रोलको हकमा ९ वटा पम्पबाट ६ हजार लिटरका दरले, ५ वटाबाट ८ हजार लिटरका दरले र बाँकी २३ वटाबाट ४ हजार लिटरका दरले वितरण गरीने निगमले जनाएको छ । हेर्नुहोस कहाँकहाँबाट वितरण हुँदै छ ?

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

विधान श्रेष्ठ
विधान श्रेष्ठ
लेखकबाट थप