शनिबार, ३० जेठ २०८३
ताजा लोकप्रिय

बाबुरामसहितका नेता धर्ना बस्दै

सोमबार, २१ मङ्सिर २०७२, ११ : ५२
सोमबार, २१ मङ्सिर २०७२

काठमाडौं–राष्ट्रिय आन्दोलन संयुक्त समितिले आज सरकार विरुद्ध धर्ना दिने भएको छ । समितिले दिउसो १ बजे सिंहदरवार अगाडि धर्नाको कार्यक्रम राखेको छ ।

उक्त धर्नामा नयाँ शक्ति अभियानका संयोजक डा.बाबुराम भट्टराई पनि सहभागी हुने भएका छन् । यो समिति नागरिक समाज, जातीय मोर्चा र मधेश केन्द्रीत गठबन्धन र नयाँ शक्ति निर्माण अभियान मिलेर बनेको छ ।

धर्नामा ‘आपुर्ति तुरुन्त गर, पेट्रोल–ग्यास, औषधि उपलब्ध गर, कालाबजारीयलाई कारवाही गर, मंहगी नियन्त्र गर, राष्ट्रिय स्वाधीनता जिन्दावद, मधेश–थारु–जनजातीको माग पुरा गर, देशको समस्ष तत्काल समाधान गर’ जस्ता नारा तय गरिएको समितिले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

विधान श्रेष्ठ
विधान श्रेष्ठ
लेखकबाट थप