शनिबार, ३० जेठ २०८३
ताजा लोकप्रिय

यि हुन् आकाशमा उड्ने २३ वर्षीया सुन्दरी

सोमबार, २१ मङ्सिर २०७२, १२ : ०९
सोमबार, २१ मङ्सिर २०७२

एजेन्सी-आकाशमा उड्ने रहर सबैलाई हुन्छ । सधैँ हवाई उडानमा व्यस्त रहनेहरुबीच भएको उत्कृष्ट सुन्दरी प्रतियोगितामा रुसकी २३ वर्षीया युवती बेस्ट फ्लाईट अटेन्डेन्ट चुनिएकी छिन् । उनको व्यवहार र सुन्दरतालाई आधार बनाएर यो अवार्ड दिइएको हो ।

उनी खासमा अर्थशास्त्रकी विद्यार्थी हुन् । तर, यात्रामा रुची भएका कारण उनले पढाइपछि फरक पेशामा लाग्ने संकल्प गरिन् । अनास्तेशिया बाबुशकिना नामकी यि युवतीले विजनेश एभियशनमा विषेशज्ञता हाँसिल गरेकी छिन् ।

अनास्तेशियाले यस अवार्ड जितेपछि आफूलाई सुरुवातमै उड्डयन क्षेत्रमा काम गर्ने इच्छा रहेको बताइन् । उनले विश्वविद्यालय पढ्दै गर्दा तेस्रो वर्ष आर्कषक कमाई हुने जागिर खोजेपनि नपाएको बताइन् ।

तर उड्डयन क्षेत्रमा आएपछि पछाडी फर्कनु नपरेको उनले बताइन् । उनले बेस्ट फ्लाइन्ट अटेन्डेन्टको अवार्ड जित्ने क्रममा बाँकी २६ प्रतिस्पर्धीलाई अन्तिम चरणमा पछि पारिन् । अनास्तेशियाल आफ्नो यात्रा गर्ने रहर कहिल्यै समाप्त नहुने बताइन् । यद्यपी उनलाई बिजनेश जेटमा काम गर्ने क्रममा सामान्य प्यासेन्जरसँग कुरा गर्नुपर्दैन । तर उनमाथि त्योभन्दा ठूलो जिम्मेवारी छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

विधान श्रेष्ठ
विधान श्रेष्ठ
लेखकबाट थप