शनिबार, ३० जेठ २०८३
ताजा लोकप्रिय

अख्तियारको कारवाहीमाथि मधेसी नेताको प्रतिक्रियाः हामीमाथि लाग्ने आरोपको खण्डन भयो

सोमबार, २१ मङ्सिर २०७२, १२ : ४०
सोमबार, २१ मङ्सिर २०७२

काठमाडौं– अख्तियार दुरूपयोग अनुसन्धान आयोगले पत्र काटेर बयान लिन बोलाएका नेताको प्रारम्भिक सूचीमा आफ्नो समुदायका नेता नपरेपछि मधेसी दलले कडा प्रतिक्रिया जनाएका छन् । रातोपाटीसँगको कुराकानीमा सद्भावनाका महासचिव मनिष सुमनले अख्तियारको प्रारम्भिक सूचीले मधेसी नेतामाथि लाग्ने गरेको आरोपको खण्डन गरेको बताए । उनले विगतमा मधेसी नेताहरूलाई भ्रष्ट्राचारी भनेर बद्नाम गर्ने गरिए पनि अख्तियारको प्रारम्भिक सूचीमा त्यस्तो नदेखिएको बताए । यस्तो छ उनको भनाइ : पत्रिकामा आएको २९ जनाको सूचीमात्रै हेरेर सबै कुरा त भन्न सकिन्न । तर यो हेर्दा विगतमा मधेसी नेतालाई अकूत सम्पत्ति कमाएको भ्रष्ट्राचार गरेको जुन आरोप लाग्ने गरेको थियो, त्यो आरोपमात्र हो कि भन्ने देखियो । पछि अरूको पनि नाम आउला, त्यो भिन्नै कुरा हो । जसरी राजेन्द्र महतो, विजय गच्छदार, महेन्द्र यादव, राजकिशोर यादवलगायत नेतालाई यिनीहरू भ्रष्ट्राचार गर्न र पैसा कमाउनमात्रै सरकारमा जान्छन् भन्ने आरोप लगाइन्थ्यो । अख्तियारको प्रारम्भिक सूचीले त्यो आरोप पुष्टि गर्दैन ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

विधान श्रेष्ठ
विधान श्रेष्ठ
लेखकबाट थप