शनिबार, ३० जेठ २०८३
ताजा लोकप्रिय

हुन थाल्यो क्रिशमस चहलपहल (फोटोफिचर)

सोमबार, २१ मङ्सिर २०७२, १३ : १८
सोमबार, २१ मङ्सिर २०७२

काठमाडौ–क्रिसमस डे क्रिश्चियन धर्मावलम्बीहरुका देवता येशुका जन्मदिनको अवसरमा हरेक डिसम्बर २५ मा मनाइन्छ । नेपालमा भइरहेको अघोषित नाकाबन्दीको बावजुद पनि नेपालमा रहेका पर्यटकहरुलाई आफ्नो घरको सरह वातावरण बनाउनका लागि काठमाडौको हयात रेजेन्सीमा क्रिसमस ट्रिमा बत्ति बालेर क्रिसमसको स्वागत गरियो । उक्त कार्यक्रममा हयात रेजेन्सीमा रहेका सम्पुर्ण पर्यटकहरु र स्थानीयको उत्साहपुर्ण सहभागिता थियो । कार्यक्रमको सुरुवात कोबोल्ड वाच र सोरवे फाउनडेशनका संस्थापक माइकल कोबोल्डले क्रिसमस ट्रिमा लाइट बालेर गरेका थिए । कार्यक्रममा सान्टा क्लबद्घारा बालबालिकाहरु लाई चकलेट बितरण गरिनुसाथ साथै होटेलका क्रिएटिभ पेस्ट्री टिमले जिन्जर बे्रड केक घर पनि तयार पारेका थिए । यी जिन्जर बे्रड घरहरु डिसेम्बर २५ सम्म बिक्रीको लागि उपलब्ध छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

विधान श्रेष्ठ
विधान श्रेष्ठ
लेखकबाट थप