वीरगञ्जबाट तीन युवा पक्राउ
वीरगञ्ज–वीरगन्जको नारायणी उपक्षेत्रीय अस्पतालमा तोडफोड गर्ने तीन जना प्रहरीले पक्राउ गरेको छ ।
नारायणी उपक्षेत्रीय अस्पताल विकास समितिका अध्यक्ष डा.राजमदेव तिवारीको कार्यकक्षमा सोमबार विहान वृहत मधेशी युवा गडबन्धन वीरगन्जका युवाहरु प्रवेश गरी तोडफोड गर्ने क्रममा निसान्त मिश्रा, इश्वर यादव र अनिल गुप्तालाई प्रहरीले पक्राउ गरेको छ ।
१०–१२ जनाको संख्यामा रहेका युवाहरुको समुहले कर्मचारी नियुक्तीको विषय लिएर विकास समितिका अध्यक्ष डाक्टर तिवारी कार्यकक्षमा तोडफोड गरेको अभियोगमा तीनै जना युवाहरुलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।
विहान १० बजेको समयमा एन.आइ.सि.यु संचालनका लागि नेपाल सरकारले पठाएको दरबन्दीका लागि कर्मचारी नियुक्तिको विषयमा तयारी गरी रहेको वेला ईश्वर यादवको नेतृत्वमा आएका युवाहरुको समुहले कार्यालयमा तोडफोड गरेको विकास समितिका अध्यक्ष डा. तिवारीले बताए ।
आमा सुरक्षा कार्यक्रम अन्तरगन उपक्षेत्रीय अस्पतालमा बच्चाहरुको लागि सघन कक्ष संचालन गर्न नेपाल सरकारले दिएको स्वीकृति तथा दरबन्दी अनुसार ५ जना चिकित्सक, ८ जना स्टफ नर्स र दुइ जना स्युपरको नियुक्तिका परिक्रयाको विरोध गर्दै कर्मचारीहरुले रोकन माग गर्दै आएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
धनुषामा राजगुठी सम्पत्तिको अतिक्रमण हटाउन गुठी संस्थानको सूचना
-
सन् २०२२ देखि युक्रेनको सार्वजनिक ऋण ११० अर्ब अमेरिकी डलरभन्दा बढीले वृद्धि
-
१० बजे १० समाचार : कांग्रेसमा सदस्यता अद्यावधिकको समयसीमा थप, एउटा लिंकले रित्यायो २५ लाख
-
बङ्गलादेशमा मे महिनामा यातायातसम्बन्धी दुर्घटनाबाट ६७१ जनाको मृत्यु
-
यस वर्ष कामपाका १२८ स्थान डुबानको जोखिममा
-
राजेश ढुंगानाको 'मुटु फलाम भएर' लोकार्पण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण