शनिबार, ३० जेठ २०८३
ताजा लोकप्रिय

मोर्चाको नाममा निजी स्वार्थ पूर्ति गर्न खोजियो

सोमबार, २१ मङ्सिर २०७२, १४ : ४८
सोमबार, २१ मङ्सिर २०७२

महोत्तरी–संघीय समावेशी मधेशी गठबन्धन महोत्तरीले जलेश्वरमा सोमवार अन्तरकृया कार्यक्रम सम्पन्न गरेको छ । राष्ट्रिय मधेश समाजवादी पार्टी (रामसपा) , नेपाल सदभावना पार्टी,फोरम गनतान्त्रिक र तराई मधेश राष्ट्रिय अभियानका राष्ट्रिय अध्यक्षहरु क्रमश शरत सिंह भण्डारी, अनिल झा,राजकिशोर यादव र जय प्रकाश गुप्ताको गठबन्धन रहेको संघिय समावेशी गठबन्धनले मधेश आन्दोलनमा महोत्तरीको अवस्थाको समिक्षा र आगामी रणनितीको विषयमा संघसंस्था, राजनितिक दल,मानवअधिकारवादी,बुद्धिजिवी,पत्रकार,उद्योगीहरुसंग छलफल गरिएको थियो ।

कार्यक्रममा वक्ताहरुले मधेशको माग सम्बोधनमा सरकार उदासिन रहेको तथा मोर्चाको नाममा केहि व्यक्तिले आफ्नो निजी स्वार्थ पुर्ती गर्ने गरेकोले सो प्रति सचेत हुन आग्रह समेत गरेका छन् । नेपाल सरकारले इन्धन दिने कुरा मधेशलाई नदिई पहाडी वर्गको लागि मात्र राखेकोवारे समेत गम्भिर ध्यानाकर्षण भएको समेत वक्ताहरुले बताएका थिए । मोर्चा र गठबन्धनलाई एउटै ब्यानरमा रहेर आन्दोलन थप शसक्त बनाउन समेत वक्ताहरुले आग्रह गरेका थिए । साथै सरकारमा मांग सम्बोधन गर्न विभिन्न रणनिती तथा उपर चर्चा परिचर्चा समेत गरिएको थियो ।

रामसपाका जिल्ला अध्यक्ष राजेन्द्र प्रसाद सिंहको अध्यक्षतामा सम्पन्न भएको सो कार्यक्रममा संयुक्त लोकतान्त्रि मधेशी मोर्चाबाट सुरेश पाण्डेय,अभिराम शर्मा,उद्योग वाणिज्य संघ जलेश्वरका अध्यक्ष कृपाशंकर साह,मानव अधिकारकर्मी मदन झा का साथै अन्य विशिष्ट व्यक्तित्वहरुले आफ्नो भनाई राखेका थिए भने गठबन्धनका चन्दन दुबे,कुन्दन पाण्डेय,संजय सिंह , सरोज चौधरी,सुरेश सिंह , सुर्य नारायण यादवलगायतका उपस्थिति रहेको थियो भने स्वागत मन्तव्य राजेश्वर ठाकुर र उदघोषण दिपक झा ले गरेका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

विधान श्रेष्ठ
विधान श्रेष्ठ
लेखकबाट थप