शनिबार, ३० जेठ २०८३
ताजा लोकप्रिय

नेपाल एअरलाईन्सको हवाई भाडादर घट्यो

सोमबार, २१ मङ्सिर २०७२, १६ : ०५
सोमबार, २१ मङ्सिर २०७२

हुम्ला – नेपाल सरकारको मातहतमा रहेको नेपाल एअरलाइन्सको विमानले नेपालगन्ज सिमिकोटको लागि हवाई भाडादर घटाएको छ । भारतले गरेको अघोषित नाकाबन्दीपछि नेपाल एअरलाईन्सले नेपालगन्ज सिमिकोट भाडा ८ हजार २० रुपयाँ लिने गरेकोमा आईतबार बाट ५ हजार ८ सय ४५रुपायाँ नेपालगन्ज सिमकोट र सिमकोटबाट नेपालन्ज सम्म ६ हजार ७ सय ४५ रुपायाँ कायम गरिएको नेपाल एअरलाइन्स सिमकोटका स्टेशसन इन्चार्ज युवाराज शाहीले बताए ।

नेपाल एअरलाइन्सले सबैभन्दा सस्तो हवाई भाडा दरमा यात्रुलाई सेवा दिइरहेकामा तेलको भाउ बढेको भन्दै निजि विमान भन्दा बढि २ हजा १ सय ७५ रुपैयाँ हवाई भाडा लिने गरेको थियो । नेपाल एअरलाइन्सले नेपालगन्ज –सीमकोटको हवाई भाडा घटाए पछि निजी क्षेत्रको सबै जहाजले परानै रेटमा उडान भरी रहेको सिमकोट विमानस्थल श्रोतले जानकारी दिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

विधान श्रेष्ठ
विधान श्रेष्ठ
लेखकबाट थप