शनिबार, ३० जेठ २०८३
ताजा लोकप्रिय

कोमामा रहेका बिरामीलाई कोरियामा रहेका नेपालीको सहयोग

सोमबार, २१ मङ्सिर २०७२, १६ : ०९
सोमबार, २१ मङ्सिर २०७२

काठमाडौं–भीरबाट लडेर गम्भिर घाइते भएका काभ्रेपलाञ्चोक जिल्ला कात्तिके देउराली–१ का कृष्णप्रसाद चौलागाईको उपचारमा सहयोग गर्न रोजगारीको सिलसिलामा कोरियामा रहेका उक्त गाँउका युवाहरुले ३४ हजार रुपैया आर्थिक सहयोग उपलब्ध गराएका छन् । रोजगारीका लागि काभ्रे कोसिपारीको कात्तिके देउराली गाविसबाट कोरिया गएका युवाहरुको समूह कात्तिके देउराली समाज कोरियाको पहलमा उक्त आर्थिक सहयोग संकलन गरिएको हो । अस्पतालमै पुगेर उनका छोरा उद्धव चौलागाईलाई समाजका प्रतिनिधी पदम गौतम र राजेन्द्र गौतमले उक्त रकम हस्तान्तरण गरेका हुन् । गत कात्तिकमा घर नजिकैको भिरबाट लडेर गम्भिर घाइते भएका गौतमको हाल काठमाडौ मेडिकल कलेज सिनामंगलको आइसियुमा उपचार भैरहेको छ । विपन्न परिवारका चौलागाईको अझसम्म होस खुल्न नसकेको र उपचारका लागि आर्थिक समस्या उत्पन्न भएको भन्दै उनको परिवारले थप सहयोगका लागि सवैलाई आग्रह गरेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

विधान श्रेष्ठ
विधान श्रेष्ठ
लेखकबाट थप