भारतको नजर नेपाको जलस्रोतमाः सीपी गजुरेल
सिरहा– भारतको नजर नेपालको जलस्रोतमा रहेको नेकपा (क्रान्तिकारी माओवादी) का नेता सीपी गजुरेलले बताएका छन् । पार्टीले सिरहाको गोलबजारमा आज अपरान्ह गरेको पत्रकार भेटकाट कार्यक्रममा गजुरेलले भारतले मधेस आन्दोलनमा सहयोग पुर्याउने ढंगले नाका बन्दि नगरेको भन्दै उनले भारतले आफ्नो स्वार्थ पुरा गर्न अघोषित नाकाबन्दि गरेको बताए ।
नेपालबाट विजुली लगेर भारत झिलिमिलि पार्ने र नेपालको नदीनालाबाट पानी लगेर राजस्थानको मरुभूमि सिंचित गर्ने उसको चाहाना पुरागर्न यो आन्दोलन सहयोगी बन्ने खतरा रहेको उनले बताए । गजुरेलले भने, ‘भारतले स्वार्थ राख्नु स्वभाविक पनि हो, यही आन्दोलनलाई प्रयोग गरेर स्वार्थ सिद्धगर्ने योजनामा भारत रहेको छ ।’ भारतले नाकाबन्दी गरेर नेपालको राष्ट्रिय स्वाधिनतामाथि धावा बोलेको बताउँदै उनले भने, ‘भारत आफ्नो स्वार्थको लागि मात्र नाकाबन्दी गरिरहेको छ, मधेसी जनतालाई सहयोग गरेको होइन ।’
उनले अहिलेको अवस्था निम्तनुमा सवैभन्दा जिम्मेवार तीन दल रहेको समेत बताए । उनले भने , ‘तीन दलले मनपरी तरिकाले संविधान जारी गरेकै कारण अहिलेको अवस्था आएको हो ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
धनुषामा राजगुठी सम्पत्तिको अतिक्रमण हटाउन गुठी संस्थानको सूचना
-
सन् २०२२ देखि युक्रेनको सार्वजनिक ऋण ११० अर्ब अमेरिकी डलरभन्दा बढीले वृद्धि
-
१० बजे १० समाचार : कांग्रेसमा सदस्यता अद्यावधिकको समयसीमा थप, एउटा लिंकले रित्यायो २५ लाख
-
बङ्गलादेशमा मे महिनामा यातायातसम्बन्धी दुर्घटनाबाट ६७१ जनाको मृत्यु
-
यस वर्ष कामपाका १२८ स्थान डुबानको जोखिममा
-
राजेश ढुंगानाको 'मुटु फलाम भएर' लोकार्पण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण