शनिबार, ३० जेठ २०८३
ताजा लोकप्रिय

प्रमुख दलले साझा प्रस्ताव भारतीय दूताबास पुर्याएः लक्ष्मणलाल कर्ण

सोमबार, २१ मङ्सिर २०७२, १७ : ०३
सोमबार, २१ मङ्सिर २०७२

काठमाडौ–सद्भावना पार्टीका सह अध्यक्ष लक्ष्मणलाल कर्णले प्रमुख दलहरुले तयार पारेको तीन बुँदे साझा प्रस्ताव आफूहरुलाई भन्दा भन्दै पहिला भारतीय दुतावास लैनचौरमा पुर्याईएको दावी गरेका छन् । रिपोर्टर्स क्लब नेपालले सोमबार आयोजना गरेको साक्षात्कारमामा उनले भने,‘ ठूला दल स्वाभिमानको कुरा गर्छन तर हामीलाई भन्दा पहिला साझा धारणा लैनचौर पुर्याउँछन । के यही हो ठूला दलको स्वाभिमान ?’ सहअध्यक्ष कर्णले मधेसी मोर्चाका नेताहरु भारतीय प्रधानमन्त्री वा विदेशमन्त्रालयको निम्तमो भारत नगई आफ्नै खर्चमा नयाँ दिल्ली गएको दावी गर्दै यो सद्भाव भ्रमण भएको बताए । उनले भने,‘ कसैले मोदीले बोलाए, विदेशमन्त्रालयले बोलाएको भनेर हामीलाई आरोपित गर्ने प्रयास गर्छन । तर हामी आफ्नै खर्चमा दिल्ली गएका हौ ।’ कर्णले अरु दलका नेताहरु लुकिलुकि भारत र लैनचौर जाने गरेकोले हल्ला नहुने भन्दै आफुहरु खुलेआम गएकोले बढि चर्चा भएको बताए । नेपालको समस्या नेपालमै संबोधन हुनु पर्ने भन्दै अहिलेकै अवस्थामा मधेसी, आदीबासी जनजाति, दलितले यो संविधान स्विकार नगर्ने स्पष्ट पारे । कर्णले हिजोको सहमति नमान्नेले आजको कुरा मान्छ नै भन्न सक्ने अवस्था नरहेको भन्दै मधेसी आदीबासी जनजातिहरुले अहिले राज्यलाई विश्वास गर्न नसकिरहेको स्पष्ट पारे । उनले आफूहरुले अघि सारेको ११ बुँदे प्रस्तावमा कुन कुन पुरा गर्न सकिने के के नसकिने भनि धारणा ल्याउनु पर्नेमा तीन बुँदा ल्याएको भन्दै त्यो आफूहरुलाई स्विकार्य नहुने स्पष्ट पारे । कर्णले समस्या समाधानकोलागि दिनरात छलफल गर्नु पर्नेमा सरकारले लामो समयपछि बोलाउने गरेको भन्दै सरकार बार्ताप्रति जिम्मेवार नभएको बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

विधान श्रेष्ठ
विधान श्रेष्ठ
लेखकबाट थप