शनिबार, ३० जेठ २०८३
ताजा लोकप्रिय

समस्या सुल्झाउन नयाँ शक्तिले पहल गरिरहेको छः पौडेल

सोमबार, २१ मङ्सिर २०७२, १७ : ०९
सोमबार, २१ मङ्सिर २०७२
काठमाडौं– नयाँ शक्तिका अभियन्ता देबेन्द्र पौडेलले मुलुकको समस्या समाधानको लािग आफूहरुले सहजकर्ताको भूमिका निर्वाह गर्ने विषयमा छलफल गरिरहेको बताएका छन् । रिपोटर्स क्लबले सोमबार राजधानीमा आयोजना गरेको कार्यक्रममा उनले मधेसी मोर्चालाई बार्तामा ल्याउन र भारतसँगको समस्या कुटनीतिक तवरबाट हल गर्न आफूहरुले प्रयत्न गरिरहेको भन्दै समस्या सुल्झाउन नयाँ शक्ति प्रयत्नशिल रहेको बताए । सरकारको अहिलेको ब्यवहारले मुलुकलाई सामाजिक हिंसामा लैजाने आशंका ब्यक्त गर्दै पौडेलले नयाँ शक्तिको संयोजक बाबुराम भट्टराई र आफूहरुलाई भारतको ईशारामा चलेको भन्ने आरोप प्रमाणीत गरेर देखाउन चुनौति दिए । उनले भने,‘सरकार अजिंगर जस्तो सुतेको छ । हामी कुटनीतिक सम्बन्ध सुधार्ने, त्रिकोणीय ढंगले राष्ट्रिय एकता बलियो बनाउँन चाहन्छौ ।’ उनले आफूहरु भारतीय नाकाबन्दीको विरुद्ध र सार्वभौमकिताको पक्षमा रहेको भन्दै त्यसकै जगमा आफूहरु नयाँ शक्ति निर्माणमा लागेको बताए । पौडेलले मुलुकको समस्या तत्काल समाधान नगरे खतरापूर्ण अवस्था आउने चेतावनी दिदै समस्या समाधानको नाममा गाली गर्ने कुरा ठिक नभएको दावी गरे । उनले तराई र पहाड छुट्टयाउँदा मुलुकको रक्षा हुन नसक्ने तर्कले देशको नागरिकमाथि अविश्वास गरेकोले समस्या उत्पन्न गरेको भन्दै क्लष्टर मिलाएर सीमांकन नगर्दा सम्म समस्याको समाधान नहुने ठोकुवा गरे । सामाजिक र आर्थिक हिसावमा अहिलेको जस्तो असहज अवस्था कहिल्यै पनि नभएको भन्दै पौडेलले अहिले मुलुकमा सामाजिक सद्भाव खल्बल्याउन राज्यलाई बल प्रयोगकोलागि बाध्य पार्ने काम भईरहेकोले यो तर्फ सचेत हुन समेत आग्रह गरे । कार्यक्रममा नेपाली काग्रेसका नेता रमेश लेखकले प्रमुख दलले तयार पारेको तीन बुँदे साझा अवधारणाले मधेसी मोर्चाले अघि सारेको ११ बुँदे मागलाई संबोधन गर्ने दावी गर्दै अहिले केही दल बसेर सीमांकन गर्ने हो भने मुलुकमा झनै जटिलता बढेर जाने ठोकुवा गरे ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

विधान श्रेष्ठ
विधान श्रेष्ठ
लेखकबाट थप