शनिबार, ३० जेठ २०८३
ताजा लोकप्रिय

डिसीमा नेपाल संवतमा सुकुन्दा प्रदर्शन

बुधबार, २३ मङ्सिर २०७२, ०९ : ५५
बुधबार, २३ मङ्सिर २०७२

अमेरिका – अमेरिकाको डिसी महानगर क्षेत्रमा पन्ध्र वर्ष अगाडि नेवारी समुदायको संस्कृति , परम्परालाई संबर्दन   तथा प्रबर्धन गर्न स्थापना भएको नेवाः अर्गनाईजेसन अफ अमेरिकाले नेपाल सम्बत ११३६ धुमधाम साथ मनाएको छ ।

पहिलो पटक संस्थाले नयाँ वर्ष मनाउने क्रममा सुकुन्दा रयाली (प्रदर्सन) को आयोजना गरेको छ । डिसेम्बर ६ तारिखमा सम्पन्न भएको उक्त कार्यक्रम म्यारिल्याण्डको पोटोम्याकमा पोटोम्याक सामुदायिक केन्द्रमा गरिएको थियो ।

नेपाल सम्बत नयाँ वर्ष धिमे बाजा , सुकुन्दा प्रदशएनको साथै समय बजीको साथ आरम्भ गरिएको थियो । उक्त कार्यक्रममा अमेरिकाका लागि नेपाली राजदूत डा. अर्जुनकुमार कार्कीको प्रमुख आतिथ्यमा सम्पन्न उक्त कार्यक्रममा डिसी महानगर क्षेत्रका बिभिन्न संघ तथा संस्थाका प्रतिनिधि, अतिथि तथा आमन्त्रित समुदायको बाक्लो उपस्थिति रहेको थियो ।

राजदुत कार्कीले मन्तब्य राख्दै संस्कृति तथा परम्परा संबद्र्धन एवं प्रबर्धनमा अहम् भूमिका निर्वाह गरेको नेवाः संगठन अमेरिकाको भूमिका अत्यन्तै सराहनीय रहेको बताए । भारत सिक्किमबाट आएका विशेष अतिथि राजिव शंकर श्रेष्ठ तथा म्यारिल्याण्ड राज्यका इन्डियन हेड नगरपालिकाका उपप्रमुख किरण सिटौलाको उपस्थिति रहेको थियो ।

कार्यक्रममा संस्थाका अध्यक्ष राम लाल श्रेष्ठले सबैलाई स्वागत गर्दै संस्थाका क्रियाकलाप तथा भूकम्प पिडितलाई गरेको सहयोग आदि बारेमा जानकारी गराएका थिए । विशेष अतिथि राजिव शंकर श्रेष्ठले भारत सिक्किमको नेवारी समुदायमा सेवा गरेवापत प्रशंसा प्रमाणपत्र वितरण गरिएको थियो । कार्यक्रमको दोश्रो चरणमा सांस्कृतिक कार्यक्रममा नेपाली चलचित्रका नायक दिलिप रायमाझी ,गायक राम श्रेष्ठ , राज कुमार , रोशन प्रताप राना , सृजन ताम्राकार तथा विभिन्न स्थानीय कलाकार तथा बालबालिकाले गीत तथा नाचगान प्रस्तुत गरेका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

विधान श्रेष्ठ
विधान श्रेष्ठ
लेखकबाट थप