शनिबार, ३० जेठ २०८३
ताजा लोकप्रिय

च्याउ खाँदा महोत्तरीमा चार प्रहरी बिरामी

बुधबार, २३ मङ्सिर २०७२, १० : ५३
बुधबार, २३ मङ्सिर २०७२

महोत्तरी–च्याउ खाँदा महोत्तरीको गौशालामा चार प्रहरी बिरामी परेका छन् ।

इलाका प्रहरी कार्यालय गौशालामा कार्यरत एक सहायक प्रहरी निरीक्षकलगायत तीनजना प्रहरी जवानले हिजो सामूहिक रूपमा आफ्नै परिसरमा रहेको च्याउको अचार खाँदा उनीहरू बिरामी परेका हुन् । बिरामी पर्नेमा सहायक प्रहरी निरीक्षक राम एकवाल यादव, प्रहरी जवान अमरबहादुर खड्कालगायत अन्य दुई प्रहरी जवान रहेको इलाका प्रहरी कार्यालय गौशालाले जनाएको छ ।

दिउँसोको समयमा खाना खाएपछि लगातार रूपमा बान्ता गर्न थालेपछि तत्काल चारैजनालाई उपचारका लागि प्राथमिक स्वास्थ्य केन्द्र गौशालामा पठाएका थिए । तर त्यहाँ उपचार सम्भव नभएपछि उनीहरूलाई जनकपुर अञ्चल अस्पतालमा पठाइएको प्रहरी निरीक्षक मच्छिन्द्रबाबु केसीले जानकारी दिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

विधान श्रेष्ठ
विधान श्रेष्ठ
लेखकबाट थप