शनिबार, ३० जेठ २०८३
ताजा लोकप्रिय

ट्राफिक कारबाही तीव्र, नियम उल्लङ्घन गर्ने १०४ कारबाहीमा

बुधबार, २३ मङ्सिर २०७२, ११ : ००
बुधबार, २३ मङ्सिर २०७२

चितवन–जिल्ला ट्राफिक कार्यालय चितवनले सवारी नियम उल्लङ्घन गर्नेविरुद्ध कारबाही तीव्र पारेको छ ।

सवारी दुर्घटना न्यूनीकरणका लागि जाँच अभियान सुरु गरेको जिल्ला ट्राफिक कार्यालयले नियम उल्लङ्घन गर्ने १०४ जनालाई कारबाही गरेको छ । कार्यालयले आज बिहानसम्म पछिल्लो २४ घन्टामा गरेको जाँचका क्रममा उनीहरूलाई कारबाही गरेको हो । जसमा पाँचजना मादकपदार्थ सेवन (मापसे)का पनि छन् ।

उनीहरूबाट एकै दिन रु ७६ हजार राजस्व सङ्कलन भएको प्रहरीले जनाएको छ । हेल्मेट नलगाउने, तीनजना चढ्ने, कागजात नबोक्ने, लाइसेन्स नभएका बढी कारबाहीमा परेका छन् । त्यसपछि ट्रकले नियम उल्लङ्घन गर्ने गरेको प्रहरीले जनाएको छ । ट्रक भने ओभरलोड तथा कागजात नबोक्ने बढी छन् । दुर्घटना न्यूनीकरण गर्न प्रहरीले यहाँका विभिन्न सडक क्षेत्रमा अनुगमनलाई तीव्रता दिएको छ । रासस

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

विधान श्रेष्ठ
विधान श्रेष्ठ
लेखकबाट थप