शनिबार, ३० जेठ २०८३
ताजा लोकप्रिय

भूकम्पका कारण जोखिममा रहेका क्षेत्रमा बाँस रोपिने

बुधबार, २३ मङ्सिर २०७२, ११ : ०४
बुधबार, २३ मङ्सिर २०७२

काभ्रे– भूकम्पबाट जमिनको धाँजा फाटेको र भूक्षय हुने काभ्रेपलाञ्चोकका सम्भावित विभिन्न स्थानमा बाँस रोपिने भएको छ ।

वन दशक कार्यक्रमअन्तर्गत सरकारले त्यसका लागि रु २० लाख बजेट विनियोजन गरेको जिल्ला वन कार्यालय काभ्रेपलाञ्चोकका प्रमुख वन अधिकृत प्रेम खनालले जानकारी दिए । जेठको अन्तिम साताबाट सुरु हुने बाँस रोप्ने कार्यक्रम भूकम्पबाट क्षतिग्रस्त भएको जमिनको पुनरुत्थानका लागि भएको उल्लेख गर्दै खनालले जिल्लामा सङ्कटग्रस्त क्षेत्र पहिचान गर्न प्राविधिकहरू परिचालन भइसकेको बताए ।

“यसको उद्देश्य माटो अस्थिर नहोस् र भूक्षय हुन नदिने तथा पहिरो रोक्ने हो”, उनले भने । बाँसको विभिन्न जातको खोजी हुने र निजी क्षेत्रबाट खरिद गरेर बाँस रोपिने जानकारी दिँदै अधिकृत खनालले जमिनलाई संरक्षण गर्न सरकारले यो कार्यक्रम ल्याएको बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

विधान श्रेष्ठ
विधान श्रेष्ठ
लेखकबाट थप