मोदीले भेट नदिएपछि निराश भएर दिल्लीबाट आज फर्कदैछन् मोर्चाका नेता
काठमाडौं– शीर्ष वार्तालाई चटक्कै छाडेर दिल्ली पुगेका मधेसी मोर्चाका शीर्ष नेताहरुलाई भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भेट नदिने भएका छन् ।
भारतको निमन्त्रणामा आइतबार दिल्ली पुगेर परामर्शमा व्यस्त उनीहरुले सो दिनदेखि नै मोदीलाई भेट्न निरन्तर प्रयास गरेपनि भेट नदिएका हुन् । मोदीलाई भेटेर मधेस आन्दोलनबारे ब्रिफिङ गर्ने तयारी गरेको भएपनि भेट नदिएपछि मोर्चाका नेताहरु निराश भएका छन् । तर, अन्तिम समयसम्म पनि मोदीलाई भेट्नको लागि प्रयास जारी रहेको दिल्लीबाट मोर्चाका एक नेताले रातोपाटीलाई जानकारी दिए । यद्यपी मोर्चाका नेताहरु आजै दिल्लीबाट फर्किने कार्यक्रम तय भएकाले र मोदीले पनि भेट्न अनिच्चछा देखाएकाले सम्भावना न्युन रहेको स्रोतका भनाई छ । यसैगरि भारतीय विपक्षी दलकी नेत्री तथा कांग्रेस आईकी अध्यक्ष सोनिया गान्धीले पनि मधेसी मोर्चाका नेताहरुलाई भेट नदिएको बताइएको छ । दिल्ली जानुअघि गत शुक्रबार मोर्चाका नेताहरुले आफूहरु भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणमा दिल्ली जान लागेको प्रचार गराउँदै मधेस आन्दोलनबारे यथार्थ जानकारी गराउने बताएका थिए । मोदी र गान्धीले भेट नदिएपनि उनीहरुले भारतका विभिन्न राजनीतिक दल , भारतीय विदेशमन्त्रीसहित कुटनीतिज्ञहरुलाई भेटेर मधेस आन्दोलनबारे परामर्श गरेका थिए । आइतबार दिल्ली पुग्नेवित्तिकै नेसनलिस्ट काँग्रेसका नेता करण सिंह, डिपी त्रिपाठी, जनता दलका अध्यक्ष शरद यादव, भारतीय कम्युनिस्ट पार्टी (माक्सवादी) का महासचिव सीताराम येचुरीलगायतसँग छुट्टाछुट्टै भेटवार्ता गरेका मधेसी मोर्चाका नेताहरुले सोहि दिन बेलुका हैदराबाद हाउसमा भारतीय विदेशमन्त्री सुष्मा स्वराजसँग भेटवार्ता गरेका थिए ।
यस्तै सोमबार मोर्चा नेताहरुले इन्डिया इन्टरनेसनल सेन्टरमा नेपालका लागि पूर्वभारतीय राजदूतको समूहसँग भेटवार्ता गरेका थिए । भेटमा पूर्वराजदूत जयन्त प्रसाद, देव मुखर्जी, शिवशङ्कर मुखर्जी, श्यामशरणलगायतको सहभागिता थियो । यस्तै मधेसी मोर्चाका नेताहरु त्यहाँका विभिन्न पाँच सञ्चारमाध्यममा अन्तर्वार्ताका लागि पनि व्यस्त रहेका थिए ।
यसैगरि मंगलबार भारतको विदेश नीति र सुरक्षा मामिलामा अनुसन्धान गर्ने ‘थिंक ट्यांक’ संस्था ‘अब्जरभर रिसर्च फाउन्डेसन’ ले सीमित विज्ञमाझ आयोजना गरेको अन्तक्र्रियामा मोर्चाका शीर्ष नेताले भारत लिए । सो क्रममा उनीहरुले मधेस आन्दोलनमा समर्थन गर्न भारतका पूर्वकूटनीतिज्ञ र बुद्धिजीवीलाई आग्रह गरेका दिए । अन्तक्र्रियामा पूर्वभारतीय जर्नेल अशोक मेहता, पूर्वराजदूतहरू जयन्त प्रसाद, राकेश सुद, शिवशंकर मुखर्जीलगायत चार दर्जन विज्ञ सहभागी थिए ।
आज के गर्दैछन् दिल्लीमा ?
मोदीले भेट नदिएपनि मधेसी मोर्चाका नेताहरु आज स्वदेश फर्किनुअघि दिल्लीमा भेटघाटमै व्यस्त हुनेछन् । प्राप्त जानकारीअनुसार मोर्चाका नेताहरु आज दिउँसो १ बजे भाजपाका महासचिव राम माधवले आयोजना गरेको लन्च मिटिङमा सहभागि हुनेछन् । यस्तै ३ बजे आरएसएसको सहयोगी संस्था अन्तर्राष्ट्रिय सहयोग परिषदद्वारा आयोजित अन्तरक्रिया कार्यक्रममा सहभागी हुनेछन् । सो कार्यक्रम सकिएपछि मोर्चाका नेताहरु आज राती स्वदेश फर्किने बताइएको छ । मोर्चाका नेता महन्थ ठाकुर र उपेन्द्र यादव सिधै काठमाडौं ओर्लिनेछन् भने राजेन्द्र महतो दिल्लीबाट पटना हुँदै नेपाल फर्किनेछन् । यसअघि पनि महतो पटना हुँदै दिल्ली भएका थिए भने ठाकुर र यादव सिधै एअर इन्डियाको बिमानबाट दिल्ली उँडेका थिए । तर, मोर्चाका अर्का नेता महेन्द्र राय यादव भने स्वास्थ्य उपचारका लागि केहि दिन दिल्लीमै रहनेछन् ।
नेपालमा जस्तै दिल्ली पुगेर पनि मोर्चाका नेताहरुले भारतले नाकाबन्दी गरेको नभई आफूहरुले सीमानाकामा अवरोध गरेको बताएका छन् । यस्तै उनीहरुले भारतीय पक्षसँग कुनै गुहार माग्न दिल्ली नआएको दाबी गर्दै देशभित्रको आन्तरिक समयस्या देशभित्रै नै समाधान खोजिनुपर्ने आफूहरुका धारणा राखेको समेत बताएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
धनुषामा राजगुठी सम्पत्तिको अतिक्रमण हटाउन गुठी संस्थानको सूचना
-
सन् २०२२ देखि युक्रेनको सार्वजनिक ऋण ११० अर्ब अमेरिकी डलरभन्दा बढीले वृद्धि
-
१० बजे १० समाचार : कांग्रेसमा सदस्यता अद्यावधिकको समयसीमा थप, एउटा लिंकले रित्यायो २५ लाख
-
बङ्गलादेशमा मे महिनामा यातायातसम्बन्धी दुर्घटनाबाट ६७१ जनाको मृत्यु
-
यस वर्ष कामपाका १२८ स्थान डुबानको जोखिममा
-
राजेश ढुंगानाको 'मुटु फलाम भएर' लोकार्पण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण