विप्लबको कारबाहीपछि मदिरा बेच्ने नयाँ नियम
काठमाडौं–विप्लव माओवादीका कार्यकर्ताले गुल्मीमा ७० यूपिको मदिराको बेचबिखनमा बन्द गराएका छन् । सस्तो, न्यून गुणस्तरको र प्लाष्टिकको भाँडामा राखेर विक्री वितरण हुने सोफीँ नामको ७० यूपिको मदिरा बन्द गराएका हुन् । एक महिना अघिदेखि सूचना निकालेर उक्त मदिरा विक्री वितरणमा प्रतिवन्ध लगाईने बताएको विप्लव समूहले केहीदिन अघि जिल्लाको अर्खलेमा विक्रीका लागि लैँजादै गरको मदिरा कब्जा गरी नष्ट गरेको थियो । त्यसपछि उद्योग वाणिज्यसंघ, व्यापारी र विप्लव माओवादीविच उक्त मदिरा विक्री वितरण नै नगर्ने सहमति भएको छ । उद्योग वाणिज्य संघका उपाध्यक्ष दुर्गा प्रसाद पाण्डेय तथा श्री प्रसाद भलामी सहित व्यवसायी र माओवादीचि भएको सहमतिमा आगामी पुस ५ गतेभित्र ७० यूपिको मदिरा बेचेर सकिसक्ने र त्यसपछि पूर्ण प्रतिबन्ध लगाउने सहमति भएको छ । गुल्मीमा मदिराले अत्यन्तै विकृति ल्याएकोले मदिरा नियन्त्रण अभियान अन्तर्गत पहिलो चरणमा ७० यूपिको मदिरा बन्द गराईएको नेकपा (माओवादी) विप्लव समूहका सचिवालय सदस्य खिम खड्काले बताए । उनले प्लाष्टिकमुक्त बनाउने अभियानमा उद्योग वाणिज्य संघको अगुवाईमा सरोकारलाला नै लागेको अवस्थामा यसरी मदिरा बेच्नु गलत भएकोले आफूहरुले यो अभियान चलाएको बताए । त्यसैगरी गुल्मीमा बेलुका ५ बजेपछि मात्रै खुद्रा मदिरा विक्री गर्ने र १८ वर्ष मुनिका बालबालिकालाई मदिरा नबेच्ने सहमति भएको छ । लाईसेन्स लिएकाबाहेक अन्य पसलहरुबाट मदिरा विक्रीवितरण पूर्ण प्रतिवन्ध लगाईएको खड्काले बताए । मदिरा व्यवसायीहरु मदिरा भण्डारण न्यूनिकरण गर्ने विषयमा पनि सहमत भएको छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
धनुषामा राजगुठी सम्पत्तिको अतिक्रमण हटाउन गुठी संस्थानको सूचना
-
सन् २०२२ देखि युक्रेनको सार्वजनिक ऋण ११० अर्ब अमेरिकी डलरभन्दा बढीले वृद्धि
-
१० बजे १० समाचार : कांग्रेसमा सदस्यता अद्यावधिकको समयसीमा थप, एउटा लिंकले रित्यायो २५ लाख
-
बङ्गलादेशमा मे महिनामा यातायातसम्बन्धी दुर्घटनाबाट ६७१ जनाको मृत्यु
-
यस वर्ष कामपाका १२८ स्थान डुबानको जोखिममा
-
राजेश ढुंगानाको 'मुटु फलाम भएर' लोकार्पण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण