रातोपाटी समाचार प्रभाव : युएईको अलएेनमा बिचल्लीमा परेकी नेपाली चेलीको उद्दार
बिहीबार, २४ मङ्सिर २०७२, १९ : ४२
युएई–वैदेशिक रोजगारीका लागि युएईको अलएेनमा बिचल्लीमा परेकी एक नेपाली महिलाको उद्दार भएको छ । घरेलुकामदारको रुपमा युएईको अलऐनमा कार्यरत मोरङ–१ पथरीकी मैया गिरीलाई उद्दार गरेर दुतावासको सेल्टर हाउसमा पुर्याइएको छ ।
आफू कार्यरत घरकै मालिकको दुर्व्यवहारका कारण घरबाट भागेर एक महिनादेखि अलऐनको हिली पार्कको शौचालयमा बस्दै आएकी गिरीलाई वीर गोर्खाली राष्ट्रिय नेपाली एकता अलएेन र उज्यालो सहकर्मी उमाकान्त पाण्डेको पहलमा दुतावासको सल्टर हाउससम्म पुर्याइएको हो ।
उनलाई आफ्नो घर मालिकबाट काम राम्रो नगरेको भन्दै दुर्व्यवहार र शारीरिक यातना दिँदै घरबाट निकालेकोले बिचल्ली अवस्थामा परेको समाचार रातोपाटी अनलाईन खबरमा प्रकाशित भएपछि यहाँ रहेका नेपाली संघसंस्था तथा दुतावासले चासो देखाएका हुन् ।
युएईका लागि श्रमसहचारी हिरा यादवले सम्बन्धित महिलालाई दुतावाससम्म पुर्याउन वा दुतावासको रेस्क्यु टोलीलाई सहयोग गर्न अनुरोध गरेका आधारमा वीर गोरखाली राष्ट्रिय एकताका अध्यक्ष कमल कार्कीसहितको टोलीले बुधवार बिहानै घटनास्थलबाट उद्दार गरेर दुतावास पुर्याएका थिए ।
समस्यामा परेकी गिरीलाई दुतावासले कानूनी प्रकृया पुरा गरेर सक्दो छिट्टो नेपाल पठाउने युएईका लागि नेपाली श्रमसहचारी हिराकुमारी यादवले बताइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लुम्बिनी सरकारले ११ महिनासम्म वार्षिक बजेटको आधा पनि खर्च गर्न सकेन
-
सरकारी जग्गा भोगाधिकारबारे विभागको पत्राचार
-
अख्तियारद्वारा आरजु राणालाई बयानका लागि म्याद तामेल
-
भारी वर्षाका कारण गुआङडोङमा करिब ४० हजार मानिस विस्थापित
-
१५ वर्षअघि किनेको २ करोड डलरको स्पेसएक्सको सेयर २० अर्ब पुग्यो
-
नवप्रवर्तन मन्त्रालयका लागि स्वयंसेवक बन्न महावीर पुनको आह्वान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण