बिहीबार, ०४ असार २०८३
ताजा लोकप्रिय

पुर्पक्षका लागि जेल चलान

मङ्गलबार, २९ मङ्सिर २०७२, १० : ५३
मङ्गलबार, २९ मङ्सिर २०७२
गौशाला–महोत्तरी जिल्ला अदालतले हतियारसहित पक्राउ परेका एक युवकलाई पुर्पक्षका लागि जेल चलान गरेको छ । जेल चलान हुनेमा जलेश्वर नगरपालिका वडा नं १ बस्ने २५ वर्षीय सुभास यादव रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । मङ्सिर १ गते राति जलेश्वर– ६ स्थित रातु नदीको बाँधबाट इटालियन १११, अटोमेटिक पेस्तोल थान एक, त्यसमा लोड भएको म्याग्जिनमा केएफ ७.६५ लेखिएको गोली राउन्ड एक र मोबाइल थान एकसहित पक्राउ परेका यादवलाई सोमबार अदालतले जेल चलान गरेको हो । जिल्ला अदालतले यादवलाई हातहतियार तथा खरखजाना मुद्दाअन्तर्गत पुर्पक्षका लागि जलेश्वर कारागारमा पठाएको प्रहरी उपरीक्षक जनक भट्टराईले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

ओम शर्मा
ओम शर्मा
लेखकबाट थप