बाग्लुङमा दालमोठ उद्योगमा आगलागी
मङ्गलबार, ०७ पुस २०७२, १३ : ३४
बागलुङ– बाग्लुङ नगरपालिका–२ श्रीनगर टोलमा रहेको मनसुन दालमोठ उद्योगमा गए राति आगलागी हुँदा करिब रु एक करोड बराबरको क्षति भएको छ ।
आगलागीबाट दालमोठ बनाउने उपकरण, कच्चा पदार्थ र नगदमा क्षति पुगेको उद्योगका सञ्चालक यमप्रसाद कँडेलले बताए। साँझ ७ बजे उद्योग बन्द गरिएको र उद्योगमा राति १२ बजे आगो लागेको थाहा पाइएको कँडेलले बताउनुभयो । आगो नियन्त्रणका लागि नेपाली सेना, नेपाल प्रहरी र स्थानीयवासीले रातिदेखि नै प्रयास गरे पनि बिहान मात्रै नियन्त्रणमा आएको थियो ।
आगलागीको कारण भने खुल्न सकेको छैन । करिब रु ५४ लाखको लागतमा सञ्चालित सो उद्योगमा गत वर्ष पनि आगलागी भएको थियो । उद्योगमा नौ कर्मचारी कार्यरत छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘अख्तियारका पदाधिकारीलाई प्रधानमन्त्री कार्यालयमा थुनेर धम्क्याइयो’
-
‘इन्डियाज गट लेटिन्ट’ फेम अपूर्वा फेरि विवादमा
-
इरान र अमेरिकाबिच भएको सम्झौताको मस्यौदालाई लिएर रिपब्लिकन पार्टीमा चर्को विरोध
-
प्रतिनिधिसभामा विपक्षी दलका सांसदहरूले गरे उठेर विरोध
-
आज कति छ सुनचाँदीको मूल्य ?
-
अनुभव र नेतृत्वको सङ्गम ग्रानिट जाका
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण