प्रहरी चौकीमा आक्रमण, दुई प्रहरीसहित छको मृत्यु
अफगानिस्तान–अफगानिस्तानको पूर्वी प्रान्त कुनारमा रहेको एक सुरक्षा जाँचचौकीमा सोमबार राती तालिवान आतङ्ककारी समूहले गरेको आक्रमणमा परी सुरक्षाबलका दुई सदस्यको मृत्यु भएको छ । तालिवानको सो आक्रमणपछि भएको सुरक्षाबल र तालिवानबीचको दोहोरो झडपमा चार तालिवान आतङ्ककारी मारिएका छन् । सो जानकारी प्रहरी स्रोतले मङ्गलबार दिएको छ । सोमबार मध्यरातमा अज्ञात सङ्ख्यामा आएका आतङ्ककारीहरुले कुनार प्रान्तको मारावारा जिल्लामा रहेको सुरक्षा जाँच चौकीमा आक्रमण गरेका थिए । कुनार प्रान्तको प्रान्तीय प्रहरी स्रोतले दिएको जानकारीमा सो आक्रमणपछि प्रहरी र आक्रमणकारीबीच लामो समय झडप पनि भएको थियो । पाकिस्तानको अर्को एक सीमा क्षेत्रमा भएको झडपमा परी एक सैनिक र अफगान स्थानीय प्रहरी ९एएलपी० का एक सदस्यको मृत्यु भएको जनाइएको छ । यस झडपमा परी एएलपीका अर्का एक सदस्य घाइते भएका छन् । साथै चार तालिवान आतङ्ककारीको पनि मृत्यु भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘अख्तियारका पदाधिकारीलाई प्रधानमन्त्री कार्यालयमा थुनेर धम्क्याइयो’
-
‘इन्डियाज गट लेटिन्ट’ फेम अपूर्वा फेरि विवादमा
-
इरान र अमेरिकाबिच भएको सम्झौताको मस्यौदालाई लिएर रिपब्लिकन पार्टीमा चर्को विरोध
-
प्रतिनिधिसभामा विपक्षी दलका सांसदहरूले गरे उठेर विरोध
-
आज कति छ सुनचाँदीको मूल्य ?
-
अनुभव र नेतृत्वको सङ्गम ग्रानिट जाका
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण