भारतमा बाह्रवर्षे बालकले १२ वर्षपछि आफ्नो बाबुको हत्यारालाई १२ टुक्रा पारेर यसरी लिए बदला
नयाँ दिल्ली–भारतमा एकजना १२ वर्षे बालकले आफ्नो बाबुको हत्यारालाई पनि १२ वर्षपछि हत्या नै गरेर बदला लिएको छ ।
उनले आफू तीन वर्षको छँदा आफ्नो बुबाको हत्या देखेको भन्दै यसरी बदला लिए कि त्यो पुरानो घटना सम्झिदै त्यस हत्यारालाई पनि १२ टुक्रा पारेर नदीमा फालिदिएका छन् ।
भारतीय सञ्चारमाध्यमहरुले मङ्गलबार दिएको समाचारअनुसार ती बालकले आफ्नो बाबुको हत्यारालाई घरमा रक्सी खान बोलाएको र रक्सीले मातेका उनलाई छुरी र ह्यामरले हानेर मारेका थिए । उनले प्रहरीलाई दिएको बयानअनुसार आफ्नो बुबाको हत्यारालई मार्ने आफ्नो पुरानो इच्छा बमोजिम नै घरमा रक्सी खान बोलाएको र रक्सीले मातेपछि सुरुमा छुरीले हानेर ढालेपछि ह्यामरले टाउकोमा हानेर मारेको बताएका छन् ।
त्यसपछि ह्याक्सो ब्लेडले त्यस व्यक्तिका १२ वटा टुक्रा पारी बोरामा हालेर नजिकैको नदीमा फालिदिएका थिए ।
भारतको उत्तरप्रदेशमा गत हप्ता सो घटना भएको प्रहरीले जानकारी दिएको छ । त्यस व्यक्तिले सन् २००३ मा आफ्नो बुबाको घाँटी रेटेर हत्या गरेको आफूले देखेको भन्दै १२ वर्षीय बालक अलाम खानले सो योजना बनाएको बताएका छन् ।
उनले आफूले विगत लामो समयदेखि सो योजना बनाएको र गतहप्ता त्यो सम्भव पनि भएको सोमबार जानकारी दिए ।
प्रहरीले पक्राउ गरेपछि सोमबार सम्वाददाताहरुसँग उनले भने– मैले विगत लामो समयदेखि यस कार्यका लागि पर्खिरहेको थिएँ र गतहप्ता मेरो सपना साकार भएको छ ।
उनले यसका लागि एकजना साथीको पनि सहयोग लिएको बयान दिएका छन् । तर त्यस व्यक्तिलाई चक्कुले ढलाएपछि ह्यामरले हानेर मार्नेसम्मको काम भने आफैले मात्र गरेको उनले बताए । टुक्रा पारिसकेपछि भने प्लास्टिकका विभिन्न पोकामा हालेर नजिकैको नदीमा फाल्ने काममा उनले सघाएको बताए । यसरी मारेपछि उनीहरुले नदीमा लगेर फालेका थिए ।
स्थानीय मोहम्मद राइस नामको त्यस व्यक्तिलाई खानले रक्सी खानका लागि साँझको समयमा घरमा बोलाएका थिए ।
नदीमा शरीरका टुक्रा उत्रिएपछि प्रहरीले मारिने व्यक्ति राइस नै हुन् भनेर चिन्न पनि प्रहरीलाई निकै गाह्रो भएको थियो ।
शव उनैको हो भनेर चिनेपछि भने ती बालकले रक्सी खान बोलाएको र हत्या गरेको विषयमा खुलेको थियो । उनले हत्या स्वीकारीसकेको बयान प्रहरीलाई दिएका छन् ।
खानलाई उद्धृतगर्दै भारतीय पत्रिका टाइम्स अफ इन्डियाले लेखेको छ–मैले उसलाई मारिसकेपछि ठूलो आवाजमा सङ्गीत बजाएँ र उसको शरीरका टुक्रा पारेँ ।
उनले आफ्नो बुबाको हत्यारा को हो भन्ने बारेमा १२ वर्षसम्म कसैलाई पनि भनेका थिएनन् । यसका लागि उनले अत्यन्तै गोप्य रुपमा यो योजना बनाएका छन् र अहिले सफल भएको बताएका छन् । प्रहरीसँगको बयानमा उनले भने– मैले यस बदलाका लागि १२ वर्षसम्म कुरेँ र आज काम सम्पन्न गर्न सकेकोमा म निकै खुसी छु ।
उनको अनुसन्धानमा खटेका प्रहरी सुपरिटेन्डेन्ट रामसुरेश यादवले खानले आफूले सो कार्य गरेको र बाबुको हत्यारालाई बदला लिँदा आफूलाई आनन्द आएको भन्दै खानले बिना कुनै पश्चाताप स्वीकार गरेको बताएका छन् ।
प्रहरीले उनको घरबाट त्यस व्यक्तिलाई मार्न प्रयोग गरेका सबै सामाग्री र हतियार बरामद गरिसकेको जानकारी पनि प्रहरीले दिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘अख्तियारका पदाधिकारीलाई प्रधानमन्त्री कार्यालयमा थुनेर धम्क्याइयो’
-
‘इन्डियाज गट लेटिन्ट’ फेम अपूर्वा फेरि विवादमा
-
इरान र अमेरिकाबिच भएको सम्झौताको मस्यौदालाई लिएर रिपब्लिकन पार्टीमा चर्को विरोध
-
प्रतिनिधिसभामा विपक्षी दलका सांसदहरूले गरे उठेर विरोध
-
आज कति छ सुनचाँदीको मूल्य ?
-
अनुभव र नेतृत्वको सङ्गम ग्रानिट जाका
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण