बिहीबार, ०४ असार २०८३
ताजा लोकप्रिय

अन्ततः भारत नाकाबन्दी फिर्ता लिन बाध्य हुने : नेता खनाल

बुधबार, ०८ पुस २०७२, १५ : ०३
बुधबार, ०८ पुस २०७२

इलाम– पूर्वप्रधानमन्त्री तथा नेकपा (एमाले)का वरिष्ठ नेता झलनाथ खनालले भारतले केही समय नेपाललाई नाकाबन्दी गरेपनि अन्ततः फिर्ता लिन बाध्य भएको बताएका छन् ।

इलाम क्षेत्र नं। १ को दानाबारीमा आज आयोजित मतदातासँगको कुराकानीमा उनले भारतीय नाकाबन्दीले नेपालको समग्र विकास निर्माण प्रभावित भएकाले नाकाबन्दी लामो समय टिक्न नसक्ने बताए ।

दानाबारी क्षेत्रमा सञ्चालन भएका विभिन्न विकास निर्माणको अवलोकन गर्दै उनले निर्वाचन क्षेत्रमा अपुरा रहेका विकास निर्माणका कामलाई चाँडै सम्पन्न गर्न निर्माण व्यवसायीलाई निर्देशनसमेत दिए ।

दानाबारी र चिसापानी गाविसमा निर्माण सम्पन्न भएको सानिमा माई हाइड्रोपावरको अवलोकनको क्रममा उनले खोलाहरूको सदुपयोग गरी नेपाललाई विजुलीमय बनाउन र यसबाटै देशमा आर्थिक उन्नति गर्नुपर्नेमा जोडदिए ।

एक फरक प्रसङ्गमा नेता खनालले नेपालको संविधानले सबै जातजातिलाई समान अधिकार दिएको र कसैलाई चित्त नबुझे प्रक्रियागतरूपमा संशोधन गर्न सकिने भएकाले आफ्नो देशको समस्या समाधान गर्न विदेशीलाई गुहार्न नहुने बताए ।

उनले आफू प्रधानमन्त्री भएका समयमा इलामको गोदकस्थित राजदुवाली–चिसापानी–दानाबारी हुँदै झापाको दुर्गापुर जाने सडकको कालोपत्रे गर्न बजेट विनियोजन गरेको प्रसङ्ग उल्लेख गरे ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

ओम शर्मा
ओम शर्मा
लेखकबाट थप