सोमबार, २५ जेठ २०८३
ताजा लोकप्रिय

नयाँ शक्ति होइन, विदेशी भक्ति होः प्रभाकर

बिहीबार, ०७ माघ २०७२, १७ : ०२
बिहीबार, ०७ माघ २०७२

रुकुम – एकीकृत नेकपा माओवादीका स्थायी समिति सदस्य जनार्दन शर्मा प्रभाकरले बावुराम भटराईले नेतृत्व गरेको नयाँ शक्ति अभियान, नयाँ शक्ति नभई विदेशी भक्ति भएको वताएका छन् । विदेशीको चाहना विपरित संविधान वन्ने वित्तिकै बाबुरामले पार्टी छाडेर थालेको नयाँ शक्तिको कुनै औचित्य नभएको प्रभाकरको भनाई छ । क्रान्तिकारी पत्रकार संघ रुकुमले बिहिवार मुसिकोटमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा नेता प्रभाकरले बाबुरामले जनताको त्याग र बलिदानको बाटो त्यागेर गलत गरेको बताए । उनले भने–बाबुरामले जनतालाई धोका दिए, ‘इतिहासले त्यसको हिसाब–किताब गर्ने छ ।’

उनले जिल्ला विभाजन भएको विषयमा भ्रमित पारेको भन्दै जनताले चाहेरै रुकुम–२ प्रदेशमा विभाजित भएको दाबी गरे । संविधान जारी गर्नुपूर्व संकलन गरिएका जनताका सुझाव र त्यस अघि आफुले स्थलगत अनुगमन गर्दा आएका सुझावका आधारमा रुकुम विभाजित भएको शर्माले स्पष्ट पारे । रुकुम विभाजन हुनुका थुप्रै बैज्ञानिक आधारहरु रहेका उनको भनाई छ । शर्माले भने, ‘जिल्लाको पुर्वी क्षेत्रको आर्थिक, भाषिक, सांस्कृतिक तथा सम्पूर्ण पक्ष अहिलेको ५ नं. प्रदेशमा मिल्छ । पुर्वि क्षेत्रका जनतालाई ५ नम्बर प्रदेश नै उत्तम हुन्छ, त्यसमा भ्रमित हुनै पर्दैन । जिल्लाको पश्चिम क्षेत्र पनि ६ नं. प्रदेशमा जादा उपयुक्त हुने भएका कारण जिल्ला विभाजन भएको उनले स्पष्ट पारे । प्रस्तावित ६ नं. प्रदेश तत्काल गरिब तथा पिछडिएको जस्तो देखिएपनि यसमा भविष्यमा प्रचुर संभावना रहेको प्रभाकरको भनाई छ । जलश्रोत, पर्यटन, जडिवुटीको ठुलो संभावना रहेको बताउँदै एकीकृत नेकपा माओवादीका ६ नं. प्रदेश इन्चार्ज समेत रहनुभएका शर्माले ६ नं. प्रदेश सुनकै डल्लो भएको बताउँनुभयो । कर्णाली क्षेत्रको विकासका लागी एकीकृत नेकपा माओवादीले विभिन्न अभियान संचालन गर्ने निर्णय गरेको समेत उनले बताए ।

पूर्व शान्ती मन्त्री समेत रहनुभएका नेता प्रभाकरले अहिलेको संविधानले सबै लिंग, क्षेत्र, समुदाय, भाषा, संस्कृति र उत्पिडित वर्गलाई सम्बोधन गरेको बताउँदै केही नपुगेका कुराहरुलाई संसोधन मार्फत समाधान गर्दै जान सकिने धारणा राखे । क्रान्तिकारी पत्रकार संघ रुकुमका अध्यक्ष वीर वहादुर मल्लको अध्यक्षतामा भएको पत्रकार भेटघाट कार्यक्रममा एकीकृत नेकपा माओवादी ६ नं. प्रदेश सेक्रेटरी कालीवहादुर मल्ल, रुकुम जिल्ला इन्चार्ज तेज वहादुर ओली प्रतिक, जिल्ला अध्यक्ष गोपाल शर्मा अनल, क्रान्तिकारी पत्रकार संघका केन्द्रीय सदस्य ध्रुव विक्रम वुढाथोकी लगायतको आतिथ्यता रहेको थियो । कार्यक्रमको संचालन क्रान्तिकारी पत्रकार संघका जिल्ला सचिव गणेश सिर्पालीले गरेका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

विधान श्रेष्ठ
विधान श्रेष्ठ
लेखकबाट थप