लेखा नियन्त्रण कार्यालयले सूचना दिन मानेन
उदयपुर - उदयपुरमा रहेको एक सरकारी कार्यालय प्रमुखले कार्यलयबारे सूचना दिन अस्वीकार गरेका छन् । पौष मसान्त सम्मको जिल्ला स्थित कार्यालयको आम्दामी र खर्चको विवरण माग्न जाँदा कोष तथा लेखा नियन्त्रण कार्यालयका प्रमुख रुद्रबहादुर कार्कीले पत्रकारलाई सूचना दिन अस्वीकार गरेका हुन् । एभरेष्ट दैनिक डट कमका बिदुर कटुवाल बैरागी र रेडियो नेपालका पत्रकार गजेन्द्र टुहुरे सहितको टोलीले सूचना माग्न जाँदा ‘सूचना दिने मेरो ठेक्का नभएको’ भन्दै पत्रकारहरुसँग दुव्र्यवहार गरेका छन् । पत्रकारको टोलीले चालु आर्थिक बर्षको पौष मसान्तसम्मको आय–व्ययको विवरणसहित सूचनाको हक सम्बन्धी ऐन २०६४ अनुसार तीन÷तीन महिनामा स्वत प्रशासन गर्नुपर्ने सुचना लिखित रुपमा माग गर्दा कोष तथा लेखा नियन्त्रण कार्यालयका प्रमुख कार्कीले सूचना दिन मिल्दैन भन्दै गाली गरेको पत्रकार बैरागीले बताए । ‘सूचनाको हकको मैले ठेक्का लिएको छु र ?’ कार्कीको भनाई उद्धृत गर्दै बेरागीले भने, ‘यस्ता कानुन आउँछन जाँन्छन, किन यहि कार्यालय आएको ? सुचना माग्न प्रधानमन्त्रीको कार्यालय जानु नि ? सूचनाको हकका लागि नागरिक सञ्जाल उदयपुरका संयोजक अजय साहले कार्यालय प्रमुखको व्यवाहार गैर जिम्मेवार भएको बताए । साहले तत्कालै प्रमुख जिल्ला अधिकारीसँग छलफल गर्ने र सम्बन्धित कार्यालय प्रमुखकोमा डेलिकेसन जाने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
उग्र र खोक्रा राष्ट्रवादीहरूलाई पत्र
-
घामले मात्रै पूरा गर्छ त भिटामिन ‘डी’ को कमी ?
-
पर्दामा परिपक्व भूमिका निभाउन खोज्ने रेनु
-
रास्वपा दैलेखकाे सभापतिमा बखतबहादुर भण्डारी निर्वाचित
-
५० वर्षभन्दा कम उमेरका मानिसमा क्यान्सर बढ्नुको कारण खराब निद्रा त होइन ?
-
१६ महिनामै फेयेनूर्डद्वारा मुख्य प्रशिक्षक भान पर्सी बर्खास्त
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण