सोमबार, २५ जेठ २०८३
ताजा लोकप्रिय

सौर्य मण्डलमा ‘हराएको नवौं ग्रह’ भेटिएको वैज्ञानिकहरुको दाबी

बिहीबार, ०७ माघ २०७२, १९ : १९
बिहीबार, ०७ माघ २०७२

वैज्ञानिकहरुले अन्नत सौर्यमण्डलमा नवौँ ग्रह रहेको प्रमाणित गर्न यथेस्ट प्रमाण रहेको बताएका छन् । सौर्यमण्डलको सिमामा यो ग्रह रहेको बताइएको छ । यसलाई प्लानेट एक्स नाम दिइएको छ । ग्याँसले भरिएको यो ग्रह नेपट्यून बराबरको रहेको र नेपट्यूनभन्दा करोडौँ माइल्स टाढा आफ्नो बाटोमा हिँडिरहेको बताइएको छ । यसले सूर्यलाई परिक्रमा गर्न १० हजारदेखि २० हजार वर्ष लगाउने पनि बताइएको छ ।

दुई क्यालटेक अनुसन्धानकर्ताहरुले यो ग्रह अझै नभेटिएको जनाएका हुन् । उनीहरुले आफ्नो जानकारी गणितिय तथा कप्यूटर मोडलमा आधारित रहेको बताएका छन् । टेलिस्कोपको माध्यमबाट ५ वर्षभित्र यो फेला पर्ने उनीहरुको बुझाई छ । दुई वैज्ञानिकहरुले एस्टोनोमिकल जर्नलमा आफ्नो अनुसन्धानको जानकारी गराएका छन् ।

वैज्ञानिक माइक ब्राउनले एपीसँग कुरा गर्दै नेपटयूनको पछाडी ६ वटा अचम्मको तत्वहरुको समूह फेला पारेपछि नवौँ ग्रह रहेको अनुमान लगाएको बताए ।

४ दशमलव ५ बिलियन वर्षअघि सौर्य मण्डल भर्खर सुरु हुदाँ ठूलो ग्रह यस मण्डलबाट धकेलिएको वैज्ञानिकहरुको दाबी छ । ग्याँसका कारण ढिलो ग्रहका रुपमा भएको ग्रह अरबिटबाट टाढा हुनसक्छ । यो पत्ता लागेपछि प्लुटो शैलीको ग्रहको विषयमा विवाद अन्त्य हुने अनुसन्धानकर्ताहरुले जनाएका छन् । ब्राउन भन्छन्, यो नवौँ वास्तविक ग्रह हुनसक्नेछ । परापूर्वकालपछि वैज्ञानिकहरुले केवल दुईवटा मात्रै नयाँ ग्रह पत्ता लगाएका छन् र यो तेस्रो हुनसक्छ । माइक ब्राउन प्लुटो किलर भनेर पनि चिनिन्छन् । उनी भन्छन्, मेरी छोरीले यो ग्रहलाई प्लुटो भन्न रुचाउँछिन् । यो ग्रह पत्ता लगाउन सकियो भने प्लुटो फेरि ग्रह हुनेछ । ब्राउनले सौर्य मण्डलको निकै पर ठूलो ग्रह रहेको यथेस्ट प्रमाण पत्ता लगाइसकेको बताएका छन् । अनुमानित प्लुटोभन्दा यो १० देखी २० पटकसम्म टाढा हुनसक्छ ।

ब्राउन र अर्का प्रोपेसर कोन्सथानटिन ब्याटीजीनले सौर्य मण्डलका विषयमा विशेष जानकारी लिएका छन् । उनीहरु प्लानेट एक्स सौर्य मण्डलको सुरुआती चरणमा निर्माण भएको बताउँछन् । उनीहरुका अनुसार यसको उत्पत्ति ४ बिलियन वर्षअघि भएको हो । यसले जुपिटर वा नेपटयून बराबरको हुनसक्ने ग्याँस वा आईस बोकिरहेको उनीहरको भनाई छ ।

तर अन्य ग्रहहरुका सौय मण्डलमा एकआपसमा नजिक भएका कारण यो ग्रह सौर्य मण्डलमा उपयुक्त ठाउँ नपाएर बाहिरै रहेको उनीहरु बताउँछन् । यो ग्रह देखिनसक्ने भएका कारण आफ्नो अभियानमा अन्य अनुसन्धानकर्ताहरु पनि सहभागि हुने उनीहरुको विश्वास छ । हवाईमा जापानको स्वामित्वमा रहेको आठ मिटरको टेलिस्कोपले यसलाई पत्ता लगाउन महत्वपूर्ण भूमिका खेल्ने अनुमान लगाइएको छ । पछिल्लो १ सय ५० वर्षमा पहिलो पटक सौर्य मण्डलमा ग्रहहरुको उपस्थितीलाई लिएर भएको अनुसन्धान अपूर्ण देखिएको पुष्टि भएको उनीहरुको भनाई छ । त्यसैले ब्राउन र उनका साथीहरुले प्लानेट नाईनको खोजी गरेका छन् । ब्राउन भन्छन्, अब हामीले यो ग्रहको खोजी गर्नुपर्छ र सौर्य मण्डलमा नौ वटै ग्रह छन् भन्ने प्रमाणित हुन्छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

विधान श्रेष्ठ
विधान श्रेष्ठ
लेखकबाट थप