विवाह बन्धनमा बाँधिदै ‘बाहुबली’
मुम्बाई – बाहुबलीका स्टार अभिनेता प्रभास यतिबेला निकै चर्चामा छन् । तर आफ्ना महिला फ्यानहरुलाई स्तब्ध पार्दै उनले यसै वर्षको अन्त्यमा बिहे गर्ने बताइएको छ । उनका काका तथा तलेगु चलचित्रका अभिनेता कृष्णम राजूले यसै वर्षको अन्त्यसम्म प्रभासले बिहे गर्ने बताएका हुन् ।
उनले माघे संक्रान्तीको अवसरमा आफ्ना काकासँग यस्तो वाचा गरेका रहेछन् । बाहुबली २ को सुटिंग सकेसँगै उनले बिहे गर्ने काका कृष्णम राजुले बताएका छन् । उनीहरु अहिले बेहुलीको खोजीमा छन् । ३६ वर्षिय प्रभास तलेगू चलचित्रमा निकै चर्चित छन् । बाहुबलीको नयाँ शृंखला बाहुबली २ का लागि उनी अहिले सुटिंगमा व्यस्त छन् । यो चलचित्र यस वर्षको अन्त्य वा आगामी वर्षसम्म रिलिज हुने बताइएको छ ।
बाहुबली खेल्नुअघि नै उनले चत्रापथी, चक्रम, मिस्टर परफेक्ट र मिर्चिजस्ता चर्चित दक्षिण भारतीय चलचित्र खेलिसकेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
उग्र र खोक्रा राष्ट्रवादीहरूलाई पत्र
-
घामले मात्रै पूरा गर्छ त भिटामिन ‘डी’ को कमी ?
-
पर्दामा परिपक्व भूमिका निभाउन खोज्ने रेनु
-
रास्वपा दैलेखकाे सभापतिमा बखतबहादुर भण्डारी निर्वाचित
-
५० वर्षभन्दा कम उमेरका मानिसमा क्यान्सर बढ्नुको कारण खराब निद्रा त होइन ?
-
१६ महिनामै फेयेनूर्डद्वारा मुख्य प्रशिक्षक भान पर्सी बर्खास्त
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण