सोमबार, २५ जेठ २०८३
ताजा लोकप्रिय

दीपिकाले पहिलो पटक स्वीकारिन् रणवीरसँगको प्रेम

बिहीबार, ०७ माघ २०७२, २० : २३
बिहीबार, ०७ माघ २०७२

मुम्बाई – लामो समयसम्म आफ्नो प्रेम र अफेयरका विषयमा चुप रहदैँ आएकी दीपिका पादुकोणले अन्नत रणवीर सिंह आफ्ना प्रेमी रहेको स्वीकार गरेकी छिन् । दीपिकाले पहिलो पटक रणवीर आफ्ना प्रेमी रहेको खुलासा गरेकी छिन् । फिल्म फेयर अवार्ड वितरण समारोह पछि लिइएको अन्तरवार्ताका दौरान दीपिकालाई ‘तपाई रणवीर कपूरसँग काम गर्दा रणवीर सिंहलाई कस्तो अनुभव गर्लान् ?’ भनेर प्रश्न राखिएको थियो ? रणवीर कपूर दीपिकाका पूर्व प्रेमी हुन् । जवाफमा दीपिकाले आफ्ना ‘ब्वाइफ्रेन्ड’ रणवीर कपूरसँग कत्तिको सुरक्षित छन् वा छैनन् भनेर प्रश्न राख्नु न्यायसंगत नहुने भन्दै यसका विषयमा रणवीर सिंहले नै जवाफ दिनसक्ने बताइन् । उनले सबैसँग राम्रो सम्बन्ध राखेर अघि बढ्ने आफ्नो चाहना रहेको बताइन् । रणवीर सिंहले भर्खरै मात्र बाजिराओ मस्तानीमा गरेको अभिनयका लागि फिल्म फेयर अवार्ड जितेका छन् । उनले त्यसक्रममा साहरुख खान, सलमान खान र अमिताभ बच्चनजस्ता स्टार अभिनेतालाई पछि छाडे ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

विधान श्रेष्ठ
विधान श्रेष्ठ
लेखकबाट थप