सोमबार, २५ जेठ २०८३
ताजा लोकप्रिय

पार्टी परित्याग गरेकी सरिता गिरीद्वारा पुनः पार्टीमा फर्केको घोषणा

बिहीबार, ०७ माघ २०७२, २२ : ५०
बिहीबार, ०७ माघ २०७२

काठमाडौं — पार्टी परित्याग गरेकी नेपाल सद्भावना पार्टीकी नेतृ सरिता गिरी पुनः पार्टीमा फर्केकी छिन् । पार्टीकी सह अध्यक्ष रहेकी गिरीले गत असोज २५ गते फेसबुकमा स्टाटस लेख्दै पार्टी छाडेको घोषणा गरेकी थिइन् । बिहिबार साँझ फेरि फेसबुकमा नै स्टाटस लेख्दै उनले पार्टीमा फर्केको जानकारी दिएकी हुन् । मधेमा संकट बढ्दै गएको, एकीकरणपछि कठिन संक्रमणकालबाट गुज्रिरहेको र पार्टीका अधिकतम नेता र कार्यकर्ताको भावना र आग्रहको सम्मान गर्दै नेपाल सद्भावना पार्टीमा पुनः सक्रिय भएको उनले जानकारी दिएकी छिन् । तत्कालिन नेपाल सदभावना पार्टीकी अध्यक्ष गिरीले २०७१ साल फागुनमा अनिल झा नेतृत्वको संघीय सदभावनासँग पार्टी एकता गरेकी थिइन् । यसअघि उनले मधेसमा भइरहको आन्दोलनलार्इ निष्कर्षमा नपुर्याई आन्दोलनकारी दलहरू आफूले अस्वीकार गरेको संविधान अनुसार सरकार गठन प्रक्रियामा सहभागी हुँदा मधेसको आत्मसम्मानमा गहिरो चोट पुगेकी बताउँदै पार्टी छाडेकी थिइन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

विधान श्रेष्ठ
विधान श्रेष्ठ
लेखकबाट थप