सोमबार, २५ जेठ २०८३
ताजा लोकप्रिय

रंगेली घटनापछि वीरगञ्ज पुनः तनावग्रस्त : एसपीको गाडी तोडफोडको प्रयास

शुक्रबार, ०८ माघ २०७२, १० : १५
शुक्रबार, ०८ माघ २०७२

वीरगञ्ज – मोरङमा बिहिबार प्रहरीसँगको झडपमा तीन जनाको मृत्यु भएपछि केही दिनदेखि शान्त रहेको वीरगञ्ज पुनः तनावग्रस्त बनेको छ । हिजोको घटनाको विरोधमा शुक्रबार बिहानैदेखि आन्दोलनरत संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका कार्यकर्ता प्रदर्शनमा उत्रिएका छन् । मोर्चाका कार्यकर्ताहरुले बजार र यातायात बन्द गराएका छन् भने ठाउँ–ठाउँमा टायर बालेर प्रदर्शन गरिरहेका छन् । केही समयअघि प्रहरीको एसपीको गाडी मोर्चाका कार्यकर्ताहरुले रोक्न खोजेपछि तनाव बढेको थियो । मोर्चाका कार्यकर्ताहरुले गाडीमाथि ढुंगामुढा समेत गरेका थिए । त्यसपछि केही बेर झडपसमेत भएको थियो । वीरगञ्जको स्थिति अहिले पनि तनावपूर्ण रहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

विधान श्रेष्ठ
विधान श्रेष्ठ
लेखकबाट थप