वन्यजन्तु चोरी सिकारीका नौजना फरार अभियुक्त पक्राउ
भीमदत्तनगर - प्रहरीको सुदूरपश्चिम क्षेत्रीय अनुसन्धान ब्युरोले वन्यजन्तु चोरी सिकारीमा संलग्न भई फरार रहेका नौजना फरार अभियुक्तलाई पक्राउ गरेको छ ।
केन्द्रीयस्तरको निर्देशनअनुसार अभियुक्त खोज्न थालेको अनुसन्धान ब्युरोले केही दिनमै नौजना अभियुक्तलाई पक्राउ गरेको ब्युरोले जनाएको छ ।
कञ्चनपुरस्थित शुक्लाफाँटा वन्यजन्तु आरक्ष र बर्दिया राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृतको इजलासले कैद सजाय सुनाइएका फरार अभियुक्तहरुलाई पक्राउ गरी सम्बन्धित निकायमा बुझाएको सुदूरपश्चिम क्षेत्रीय अनुसन्धान ब्युरोका महाकाली अञ्चल प्रमुख प्रहरी नायब निरीक्षक वीरेन्द्र जोहारीले जानकारी दिए ।
प्रहरी नायब निरीक्षक जोहारीले अझै केही फरार अभियुक्तलाई पक्राउ गर्न बाँकी रहेको बताए ।
पक्राउ पर्नेहरुमा कैलाली मनुवा–९ का गुलराम थारु, कञ्चनपुर रामपुर बिलासपुर–९ घर ठेगाना भएका रामदास बडायक, दोधारा–३ घर ठेगाना भएका जगतबहादुर थापा, दोधारा–३ घर भएका भोजे तमाङ र दोधारा चाँदनीकै गजेन्द्रबहादुर सिंह रहेका छन् ।
त्यसैगरी शुक्लाफाँटा वन्यजन्तु आरक्षबाट १३ वर्ष कैद र रु एक लाख जरिवाना सजाय सुनाइएका कञ्चनपुरको रामपुरविलासीपुरका श्यामलाल राना, १० वर्ष कैद सजाय सुनाइएका शिवचरन राना, दोधारा चाँदनीका अमरसिंह गुरुङ र भोके पार्कीसमेत पक्राउ परेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
उग्र र खोक्रा राष्ट्रवादीहरूलाई पत्र
-
घामले मात्रै पूरा गर्छ त भिटामिन ‘डी’ को कमी ?
-
पर्दामा परिपक्व भूमिका निभाउन खोज्ने रेनु
-
रास्वपा दैलेखकाे सभापतिमा बखतबहादुर भण्डारी निर्वाचित
-
५० वर्षभन्दा कम उमेरका मानिसमा क्यान्सर बढ्नुको कारण खराब निद्रा त होइन ?
-
१६ महिनामै फेयेनूर्डद्वारा मुख्य प्रशिक्षक भान पर्सी बर्खास्त
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण