सोमबार, २५ जेठ २०८३
ताजा लोकप्रिय

रङ्गेली घटनाको विरोधमा धनुषामा आमहडताल

शुक्रबार, ०८ माघ २०७२, १० : २४
शुक्रबार, ०८ माघ २०७२
जनकपुरधाम - मोरङको रङ्गेलीमा घटेको घटनालाई लिएर धनुषामा आमहडताल गरिएको छ । संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाद्वारा घोषित आमहडतालका कारण जनजीवन प्रभावित भएको छ । केही दिनदेखि सहज भएको जनजीवन आजदेखि पुनः कष्टकर भएको छ । हडतालका कारण शैक्षिक संस्थान, बजार, कलकारखाना र यातायात पनि बन्द गरिएको छ । मोर्चाका कार्यकर्ता र नेताहरु बिहानैदेखि जनकपुरका मुख्य चोकहरुमा टायर बालेर लाठी लिएर प्रदर्शन गरिरहेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

विधान श्रेष्ठ
विधान श्रेष्ठ
लेखकबाट थप