सोमबार, २५ जेठ २०८३
ताजा लोकप्रिय

अरब गएको दुई हप्तामै नेपाली युवकको मृत्यु

शुक्रबार, ०८ माघ २०७२, १० : ३४
शुक्रबार, ०८ माघ २०७२

परासी - पैसा कमाउन साउदी अरब गएका एक नेपाली युवकको अरब गएको दुई हप्तामै मृत्यु भएको छ । तनहुँ कोटा– १ घर भएका २९ वर्षीय पदमबहादुर गुरुङको साउदी अरबमै गएको दुई सातामा मृत्यु भएको नवलपरासीको कावासोतीस्थित सुरक्षित आप्रवासन केन्द्रले जनाएको छ । परिवारका सदस्यहरुको आग्रहमा गुरुङको शव नेपाल ल्याउने पहल भइरहेको केन्द्रकी परामर्शदाता रञ्जना लम्सालले जानकारी दिए । नेपाली दूतावासले पनि गुरुङको मृत्यु भएको खबर पाएको र थप बुझेर शव नेपाल फर्काउने पहल भइरहेको उनले बताए । गुरुङका मिलिनियम म्यानपावर काठमाडौँबाट यही पुस ११ गते साउदी गएका थिए । काम गर्दागर्दै यही पुस २४ गते उनको मृत्यु भएको हो । गुरुङ अल्यामा नामक कम्पनीमा काम गर्दथे । पदमबहादुरका एक छोरा र एक छोरी छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

विधान श्रेष्ठ
विधान श्रेष्ठ
लेखकबाट थप